काठमाडौं– कुवेतले आफ्नो देशमा रहेका नेपालीलाई कुनै अप्ठ्यारो पर्न नदिने बचन दिएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टेलिफोन वार्ताका क्रममा कुवेतका प्रधानमन्त्री सबाह अल–खालिद अल सबाहले आफ्नो देशमा रहेका नेपालीहरुलाई कुनै अप्ठ्यारो पर्न नदिने बचन दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी र त्यसले प्रवासी नेपालीमा पार्न सक्ने असरका विषयमा कुराकानी गर्न मंगलबार कुवेतका प्रधानमन्त्री अल सबाहसँग कुराकानी गरेका थिए ।कुराकानीका क्रममा कुवेतका प्रधानमन्त्रीले कोरोना संक्रमण देखिएका तथा आशंका गरिएका नेपालीहरुको उपचारमा पनि खुला दिलले सहयोग गर्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।
कुवेतका प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी भएको जानकारी सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले आफ्नो ट्वीटर ह्यान्डलमा भनेका छन्, ‘आज (मंगलबार) दिउँसो कुवेतका प्रधानमन्त्रीसँग भएको टेलिफोनमा मैले त्यहाँ कार्यरत नेपालीहरुको सुरक्षा र कल्याणको बारेमा आफ्नो चासो राखेँ । कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।’
आज दिउँसो कुवेतका प्रधानमन्त्रीसँग भएको टेलिफोन संवादमा मैले त्यहाँ कार्यरत नेपालीहरुको सुरक्षा र कल्याणको बारेमा आफ्नो चासो राखें।कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।#COVID_19
— K P Sharma Oli (@kpsharmaoli) April 7, 2020
प्रतिकृया दिनुहोस्