Thursday, November 26

आफै क्यान्सर पीडित भएर पनि दिनरात विरामीकाे सेवा खटिएकि डा. खरेलको निधन, निधन पुर्व यसो भनेर उनि संसार छोडिन् !

March 11, 2020 505

सामाजिक व्यक्तित्व डा.बीएम खरेलको निधन भएको छ । उपचारको क्रममा आइतबार राती ९ः३९ बजे पुरानो मेडिकल कलेजमा डा.खरेलको निधन भएको हो । डा.खरेल लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

घरमै आराम गरिरहनु भएकी खरेललाई असहज भएपछि अस्पताल भर्ना गरिएको थियो । डा.खरेलका एक मात्र छोरा छन् । डा.खरेल श्रीमान डा.प्रमोद लामिछानेसंगै एलाइभ हस्पिटललाई अगाडि बढाई रहनु भएको थियो । उहाँ एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.भरतपुरको संस्थापक एवंम प्रवन्ध निर्देशक हुनुहुन्थ्यो ।

उहाँ आफै क्यान्सरबाट ग्रसित भए पनि बिरामीको उपचारमा खटिरहनु भएको थियो । डा.खरेल र डा.प्रमोदले थुप्रै बिरामीको निःशुल्क उपचार गरेर समाजमा उदाहरणीय व्यक्तित्वको रुपमा पहिचान बनाएका छन् । स्वर्गीय डा.खरेलको पार्थिव शरीर देवघाटमा अन्त्येष्टि गरिसकिएको छ ।

डा. खरेलको एक मात्र छोरा र श्रीमान रहेका छन् । डा.खरेलसंगै मिलेर श्रीमान डा.प्रमोद लामिछानेले एलाइभ हस्पिटल संचालन गरेकी थिइन । डा खरेलले २०७४ बैशाख २८ गते क्यान्सर भएको थाहा पाएकी थिइन्।

निधन हुन् पुर्व गरिएको कुराकानी तल पढ्नुहोस :

क्यान्सर पत्ता लागेको त्यो क्षण

९ महिनाअघि घरमा छोरासँग खेल्ने क्रममा उनको पेटमा छोराको टाउकोले लाग्यो । त्यसपछि पेटभित्र दुखेजस्तो भयो । पहिलो रात त छोराको टाउकोले लाग्दा दुखेको होला भन्ने भयो । दोस्रो रात पनि दुखेपछि डा. केशव पौडेलसँग भिडियो एक्सरे गर्न पुगे डा. खरेल दम्पति । भिडियो एक्सरे गर्दागर्दै डा. पौडेल नै नर्भस भए क्यान्सरको लक्षण देखेर । त्यसपछि स्त्री रोग विषेशज्ञ डा. सुनिलमणि पोख्रेलसँग आवश्यक परामर्श गरिन् डा. खरेलले ।

उनलाई त्यसअघिसम्म कुनै रोगको सामान्य लक्षणसम्म देखिएको थिएन । खानामा सामान्य अरुची भने थियो, बेलाबेलामा स्वास्थ्यजाँच गराउँदा पनि केही लक्षण देखिएको थिएन । क्यान्सर भएको आशंका भएपछि कन्र्फम गर्न सबै सिटी स्क्यानदेखि सबैै परीक्षण गर्दा ओभरी क्यान्सर पत्ता लाग्यो ।

एमआरआई गर्दा उस्तै रिपोर्ट आएपछि चिकित्सकले भारतको दिल्ली जान सुझाए । पतिका साथ भारत गइन् उनी । त्यहाँको अस्पतालमा जाँच गराउँदा गत वैशाख ३० गते पुष्टी भयो कि उनलाई पेटको क्यान्सर भएको रहेछ ।

पेटको क्यान्सर पनि यस्तो आयो कि पोलिडिफ्रेन्सिएटेट । यो एकदमै दुर्लभ प्रकारको क्यान्सर हो । वेल डिफ्रेन्सिएटेटको उपचार राम्रो छ तर, पोलीमा त्यो सम्भावना कम छ । क्यान्सर पत्ता लागेपछि डा. खरेलका मनमा ३ वटा कुराहरु आए ।

पहिलो, मलाई क्यान्सर भयो, यसको अल्टिमेट रिजल्ट के हो त ? भन्दा ”मृ”त्यु हो । दोस्रो, मैले पश्चाताप गर्ने कुरा केही छ कि छैन ? उनलाई लाग्यो, जानेर त केही गल्ती भएको छैन, अन्जानवश केही भए होलान् ।

तेस्रो, केही इच्छा आकांक्षा, देश विदेश जाने केही छ कि ? फुर्सद हुनेवित्तिकै विदेश र देशभित्रका ठाउँ जाने गरेकाले त्यो पनि त्यति ठूलो लागेन ।

उनलाई एउटामात्रै दायित्व बाँकी भएजस्तो लाग्यो । छोरा प्रतीक जम्मा ५ वर्षको भएको छ, उसका लागि मेरो दायित्व पूरा भएको छैन । अझै केही बर्ष उसलाई आमाको ममता आवश्यक छ । उसलाई आमालाई क्यान्सर भएको पनि थाहा छैन । मनोवैज्ञानिक रुपमा केही समस्या नहोस् भन्ने चाहन्छिन् डा.खरेल ।

चिकित्सकले भनेका थिए जेठसम्म मात्रै…

भारतमा उपचार गर्दा त्यहाँ चिकित्सकले डा. खरेललाई भनेका थिए ‘अधिकतम जेठसम्म मात्रै भन्न सकिन्छ ।’ चिकित्सकहरुले उपचारमा किमोथेरापी भन्दाबाहेक अरु उपाय नभएको बताए ।

क्यान्सरका विभिन्न प्रकारमध्ये निकै कम मानिसलाई लाग्ने क्यान्सर डा. खरेललाई लाग्यो । तर आफ्नो खुबी र साहास र उर्जाका कारणले रत्तिभर कमजोरीको महसुस छैन उनलाई । ‘सायद भगवानको कृपाले होला, अहिलेसम्म उर्जाका साथ बाँचेकी छु । क्यान्सर भन्नेबित्तिकै मरिन्छ भन्ने कहिल्यै भएन । अब बाँच्दिन भनेर नकारात्मक सोच कहिल्यै आएन’ डा. खरेल भन्छिन् ।

भारतबाट फर्केलगत्तै उनलाई किमो चढाउन शुरु भयो । भरतपुरकै अस्पतालमा ६ वटा किमो चढाइसकेकी छन् उनले । किमोले कपाल झारे पनि उर्जा र साहास झारेन । पहिलो चरणको ‘किमो’ सकिएर टेष्ट गर्दा पहिला भन्दा ७० प्रतिशत रोग कम भएको रिपोर्ट आएपछि डा. खरेलमा खुशीको सीमा रहेन ।

श्रीमान डा.प्रमोद लामिछानेले उनलाई भरोसा दिएका छन् । यस्तो विपत्ति आइलाग्दा पनि डा. प्रमोद कहिल्यै बिचलित बनेनन् । आफ्नो अस्पतालको काम रोकेनन् । बिरामीहरुको सेवामा दिनरात खटिए । श्रीमतीलाई मानसिक रुपमा सधैं दह्रो बनाए ।

भरतपुरको सेन्ट्रल अस्पतालमा किमो चढाएपछि थप परामर्शका लागि लामिछाने दम्पति जापान गए ।

पेटको क्यान्सर सम्बन्धी बढी बिरामी जाँच गर्ने र उपचार प्रविधिमा पनि अगाडि रहेको जापानको युनिभर्सिटी अफ हिरोसिमामा उनीहरु गत भदौ ३० गते पुगे । चिकित्सकले नेपालमा चढाएको किमोबाट राम्रो गरेकाले शल्यक्रियाभन्दा किमो गर्न नै सुझाव दिए । अहिले ३/३ महिनामा उनको परीक्षण गरिन्छ । उनको स्वास्थ्यमा निकै सुधार देखिएको छ ।

कसको निधन कहाँ र कतिबेला हुन्छ कसैलाई थाहा हुन्न । त्यसैले निधनसँग डर छैन डा. खरेललाई । जति सकिन्छ हाँसीखुशी र जोशका साथ बाँच्नुपर्छ । भित्रैबाट आफू बलियो अठोट लिन क्यान्सर पीडितलाई सुझाव छ डा. खरेलको । उनको हौसला र उत्साह देखेर यहाँका स्थानीय संघसंस्थाले सम्मान पनि गरेका छन् ।

वास्तवमा उनी क्यान्सर पीडितहरुका लागि रोलमोडल बनेकी छिन् । क्यान्सर पीडितलाई उनको सुझाव छ ‘क्यान्सर लाग्यो भने किन पीर गर्ने, पीर लिदा जति चाँडो म’रिन्छ हिम्मत गर्दा अझै बढी बाँचिन्छ अब पीर लिने कि हिम्मत गर्ने ? आखिर एक दिन म’र्नु नै छ भने, किन निधनसँग डराउने ?’

उनलाई लाग्थ्यो जति बढी व्यस्त भइयो उती नै आफ्नो पीडा भुल्न सहज हुन्थ्यो। आफू क्या’न्सरपीडित भए पनि चिकित्सकीयका ज्ञानका आधारमा उनी आफूजस्तै अन्य बि’रामीलाई रो’गसँग नडराउन सुझाउँथिइन्। ‘हुने हार दैव नटार भन्ने त उखानै छ । रो’गसँग ड’राउँदै जाने हो भने यसले झन् गा’ल्दै जान्छ। त्यसकारण योसँग म ल’ड्नसक्छु भनेर मानसिकतालाई ब’लियो बनाउनु जरुरी छ’, उनको सुझाव हुने गर्थ्यो। उनले भनेकी थिइन् ‘बच्चादेखि नै ‘नेभर क’म्स टु’मरो’ भन्ने सोच भएको मान्छे हुँ। पढ्ने बेलामा पनि म कहिल्यै म’र्दिन भनेर सिकियो भने धेरै राम्रो कुरा जानिन्छ भन्ने सोच लिएर पढ्थेँ।

तर जिन्दगी जिउने कुरामा भने म भोलि नै मर्दैछु भन्ने सोच आउँथ्यो। भोलि नै म’र्दा, केही छिनमा म’र्दा वा केही घण्टा/मिनेट मात्रै मेरो जीवन बाँकी छ भने पनि म पूर्णरुपमा आफूप्रति क’न्भिन्स छु। मलाई मेरो जीवन र जीवनीसँग कदापि कुनै सिकायत रहने छैन।’क्यान्सरले गाल्दै गए पनि उनको आ’त्मबल द’रिलो थियो। तर आइतबार राती उनले क्यान्सरलाई जित्न सकिनन्।

प्रतिकृया दिनुहोस्