Friday, March 5

काठमाडौँमा ६५ रुपैंयामा पेट भरी खाना खानलाई मान्छेहरूको भिड (भिडियो सहित)

February 8, 2021 70

काठमाण्डौ । कोही पनि भोको नरहुन् भन्ने उद्देश्यको साथमा काठमाडौँको अनामनगरमा ६५ रुपैंयामा टन्न खाना खान पाइने ठाउँ हाम्रो खाना घर सञ्चालनमा आएको छ । हाम्रो टिम नेपाल र यु.केमा बसेर समाज सेवा गर्ने वरिष्ठ समाजसेवी ईसा गुरुङको सहकार्यमा सञ्चालनमा आएको यस खाना घरबाट भएको मुनाफा अन्य सामाजिक कामहरूमा लगाइने हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताएका छन् ।

काठमाडौंमा काम गर्ने बिद्यार्थी, मजदुर, डेरावाल लगायत हुने र नहुने दुवै बर्गका लागि सन्चालनमा ल्याईएको खाना घरमा भेज खाना सेट ६५ रुपैंयामै पाईन्छ । अब यस कार्य सफल भएसँगै राजधानीका अन्य ठाउँ सहित देशका मुख्य शहररुमा पनि खाना घर सन्चालनमा ल्याईने बताईएको छ । यसैबिच कलाकार तथा सन्चारकर्मी शिशिर भण्डारी पनि खाना घरमा पुगी खाना खाँदै केहि सहयोग गरे । कस्तो छ, खाना घर ? र कस्तो खाना पाईन्छ ? भिडियो सहित

प्रतिकृया दिनुहोस्