Saturday, January 23

मोटरसाइकल दाइजो नपाएपछि विवाहकै दिन बेहुला भगाइयो, चर्को व्याजमा लिएको ऋण कसरी तिर्ने भन्दै वेहुली पक्ष चिन्तामा

March 11, 2020 227

धनुषा, २८ फागुन । धनुषामा विवाहमा दिनुपर्ने दाइजो स्वरुपको मोटरसाइकल विवाह अघि नै दिनुपर्ने माग राखेका वेहुलाको माग सुनुवाई नभएपछि विवाहकै दिन वेहुला भगाइएको छ । धनुषाको जटहीमा यस्तो घटना भएको छ । छोरीको विवाहको लागि तामझामका साथ तयारी गरेका बेहुलीका आफन्त निरास भएका छन् । आँगनमा मण्डप बनाएर बेहुला कुरेर बसेका वेहुली पक्षका आफन्तहरु त्यतीबेला चकित परे जतिवेल वेहुला नआउने खबर पाए ।

धनुषाको भुतही पटेर्वाबाट आउने वेहुलाका आफन्त र जन्तीलाई स्वागत गर्न र खुवाउन विभिन्न परिकारहरु पाकिसकेका थिए । माइकमा विवाहको गीत घन्किएको थियो । सबै रमाइलो मुडमा थिए । स्वयम्वरका लागि बेच्नीकी १९ वर्षीया छोरी पूजा हातमा मेहेन्दी लगाएर बेहुलाको प्रतिक्षामा थिइन् । वेहुला आउने समय नजिक आयो । बेहुली पक्षका सबै स्वागतका लागि तयार भएर बसे । तर वेहुला पक्षवाट फोन आयो । ‘दाइजोका रुपमा पहिले नै मोटरसाइकल नदिएकाले अब जन्ती आउँदैनौँ, यो विवाह हुँदैन,’। यस्तो कुरा सुनेपछि वेहुलीको रंग उड्यो । आमाबुवा वेहोस होलान् जस्ता भए ।

धनुषाको नगरलाइन नगरपालिका २ जटहीका सुकदेव सदाकी छोरी पूजाको विवाहका लागि धनुषाको भुतही पटेर्वा निवासी रोहित सदाका २१ वर्षीय छोरा सुशीलसँग २ आना सुन र एउटा झण्डै २ लाख रुपैयाँ पर्ने मोटरसाइकल दाइजोमा दिने भनेर टुंगो लागेको थियो। तर वेहुला पक्षले त्यो दाइजो विवाह अघि नै नदिएका कारण जन्ती नआउने खबर पठाए । बेहुलीका वुवाले चर्को ब्याजमा ५ लाख रुपैया ऋण लिएर सबै तयारी गरेका थिए ।

बेहुलीकी आमा बेच्नीले ३ दिनभित्रै आफूले भनेको मोटरासइकल दिने भन्दै विवाह नतोड्न केटापक्षसँग हार–गुहार गरेपनि उनको कुरा सुनुवाई भएन । ‘एक लाख रुपैयाँ नै तत्काल लिनुस्, नागरिकता बन्धक राख्नुस्। हामीले मोटरसाइकल भोलि नै उपलब्ध गराइदिन्छौँ। भन्दै राखेको प्रस्ताव पनि स्वीकार्य भएन । विवाहको वेहुला नै केटा पक्षले भगाइसकेका थिए ।

विवाह रोकिएपछि छोरी पूजाले बेहुलापक्षलाई का रबा ही हुनुपर्ने माग गरेकी छन्। दाइजोकै कारण विवाह तो ड्ने केटासंग अब आफुले विवाह नगर्ने भन्दै वेहुलीले का रवा हीको माग गरेकी हुन् । स्थानिय प्रहरीले त्यसरी दाइजोकै कारण विवाह तोड्ने वेहुला पक्षलाई का रवा ही गर्न सकिने जनाएको छ । तर त्यसका लागि वेहुली पक्षले उजुरी दिनुपर्नेछ ।

प्रतिकृया दिनुहोस्