Friday, January 22

नेपाल वायुसेवा निगमको चालक दलका ७ जनामा कोरोना संक्रमण

July 6, 2020 220

२२ असार, काठमाडौँ ।नेपाल वायुसेवा निगमका ७ जनालाई कोरोना संक्रमण देखिएको छ ।सोमबार आएको पीसीआर परीक्षण रिपोर्टमा चालक दलका ७ जनामा कोरोना पोजिटिभ देखिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनीहरु विदेशबाट नेपालीलाई ल्याउन गरिएको उद्धार उडानमा संलग्‍न चालक दलका सदस्य हुन् ।

निगमले उनीहरुलाई सोल्टी होटलमा बनाइएको क्वारेन्टाइनमा राखेको छ ।यसअघि हिमालयन एयरलाइन्स क्याप्टेन र फ्लाइट एटेन्डेन्टलाई कोरोना देखिएको थियो ।

प्रतिकृया दिनुहोस्