Wednesday, January 20

काठमाडौं उपत्यकामा फेरी थपिए यती धेरै कोरोना संक्रमित

July 6, 2020 201

काठमाडौं, २२ असार । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५४ जनामा भाइरस कोभिड १९ को संक्रमण फेला परेपनि समुदायमा भने नफैलिएको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २३ , ललितपुरका २० जना र भक्तपुरका १० जनामा संक्रमणको पुष्टि भएको छ । यस्तै शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना पोजिटिभ पाइएको छ ।

यसैबीच ढलमा भेटिएको कोरोना भाइरसका कारण काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण फैलिएको भन्ने हल्लाका सत्यता नभएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जनाइए अनुसार काठमाडौंको तीनकुने र नक्खु क्षेत्रमा समूहगतरुपमा स्वाब परीक्षण गर्दा उनीहरुको कारोना भाइरस नेगेटिभ देखिएको छ । यही आधारमा पनि समुदायमा कोरोना नदेखिएको मन्त्रालयको दावी छ ।

प्रतिकृया दिनुहोस्