Sunday, January 17

काे’राेनाविरूद्धकाे ’लडाइँमा सफलता नजिक चीन, अब १२ सय मात्रै को’रोना संक्रमित, २४ घण्टाभित्र कसैको पनि मृ’त्यु भएन

April 7, 2020 327

काठमाडाैं, २५ चैत । को’रोना भाइरसकाे प्रकोपका कारणले विश्व आ’क्रान्त बन्दै गइरहेको छ । अर्थतन्त्र नराम्रो सँग प्रभावित भएको छ, व्यापार व्यवसाय ठ’प्प भएका छन् । विभिन्न देशहरुले को’रोनाबाट बच्न लकडाउन अपनाइरहेका छन् ।गत डिसेम्बरदेखि चीनको वुहानमा म’हामारीको रूप लिएको भाइरसले पछिल्लो समय चीन बाहिर संकट निम्त्याइरहेको छ । अहिले युराेपेली देशहरू बेलायत, जर्मनी, फ्रान्स, बलेजिय र अन्या देशरहरू अमेरिका, स्पेन, इटालीकाे अवस्था भयवह हुँदै गएकाे छ । चीनले भने काे’राेनाविरूद्धकाे ’लडाइँ जित्न लागेकाे छ ।

अहिले चीनमा १२ सय ४२ जनामा मात्रै काे’राेना सक्रिय रहेकाे छ । चीनमा अहिलेसम्म ८१ हजार ७४० जना काे’राेनाबाट संक्रमित भएका छन् । तर ७७ हजार १६७ जना भने पूर्णरूपमा नि’काे भइसकेकाे छ । अहिलेसम्म चीनमा काे’राेनाका कारण ३३ सय ३१ जनाकाे मृ’त्यु भएकाे छ ।पछिल्लो २४ घण्टामा चीनमा को’रोना भाइरसको संक्रमणका कारण कसैको पनि मृ’त्यु भएको छैन । यद्यपि, ३२ नयाँ संक्रमण भने देखिएको छ । चीनमा कोरोनाभाइरस संक्रमणका कारण कसैको मृ’त्यु नभएको यो पहिलो घ’टना हो ।

प्रतिकृया दिनुहोस्