July 6, 2020 240
काठमाडौं । भारतको करनालमा २९ जुनमा एक भव्य विवाह सम्पन्न भयो । पाँचतारे होटलमा गरिएको विवाहमा एक सय भन्दाबढीको संख्यामा मानिसहरु जम्मा भएका थिए ।
सोही विवाहका नवविवाहित जोडीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । दुलाहादुलहीसहित परिवारका ६ जनालाई कोरोना पोजेटिभ देखिएपछि करनालमा तहल्का मच्चिएको छ ।
विवाहमा संलग्न अन्य आफन्तहरुको पनि कोरोना परीक्षण गरिएको छ तर रिपोर्ट आइसकेको छैन् । विवाहमा संलग्न र उनीहरुसँग सम्पर्कमा आएका अन्य मानिसमा समेत काेराेना भाइरसकाे संक्रमण हुन आशंका गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
स्रोतका अनुसार शुरुमा करनालको एक नीजि अस्पतालमा पुगेका कोरोना संक्रमित बिरामीपछि अस्पतालका कर्मचारी र डाक्टरमा समेत कोरोना देखिएको छ ।
प्रतिकृया दिनुहोस्