July 6, 2020 227
२२ असार, काठमाडौंः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ। हिजो राती आइतबार उनका पिता कृपासिंह तामाङको मृत्यु भएको हो । उनी ९८ वर्षका थिए ।
उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । आफ्नै घरमा बेहोस भएर लडेपछि उनलाई उपचारका लागि मेडिकेयर अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
स्वर्गीय घिसिङका कुलमान सहित ६ छोरा र ३ जना छोरी रहेका छन् । उनको स्वयम्भुमा अन्त्येष्टी गरिएका छन् ।
प्रतिकृया दिनुहोस्