Friday, December 4

देशकोलागि एक होनहार राष्ट्रनायकलाइ जन्मदिने कुलमानका पिताको मृ*त्यु

July 6, 2020 208

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका बुबाको निधन भएकोछ । रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी ९८ वर्षिय कृपासिंङ घिसिङको गए राती निधन भएको हो । ट्वाइलेट जाने क्रममा लडेर घाइते भएका घिसिङलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको परिवारीक स्रोतले जनाएको छ ।

स्वर्गीय घिसिङका ६ जना छोरा र ३ जना छोरी छन्। उनकी श्रीमतिको केही वर्षअघि नै निधन भइसकेको थियो। घिसिङको परम्परागत विधि अनुसार काठमाडौंको स्वयम्भूमा अन्तिम संस्कार गरिने छ। घिसिङको स्थायी घर रामेछापको सुनापति गाउँपालिका- ४ हो।

रामेछापको बेथानमा २०२७ मंसिर १० मा जन्मिएका घिसिङ विगत २३ वर्षदेखि विद्युत प्राधिकरणमा कार्यरत छन्। पाँच कक्षासम्म बेथानमै पढेका उनले ६ कक्षापछि काठमाडौं आएर बानेश्वरको अमर आदर्श बोडिङ स्कुलमा पढेको हुन्। उनले सोही स्कुलबाट २०४३ सालमा एलएलसी पास गरेका थिए।

लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट आइएसी गरेका उनले त्यसपछि छात्रवृतिमा भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङमा विएस्सी गरेका छन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘पावर सिस्टम इन्जिनियरिङ’ मा स्नातकोत्तर सकेपछि उनले सिनामंगलको एस इन्स्टिच्युटबाट व्यापार प्रशासनमा पनि स्नातकोत्तर गरेका थिए। २०५१ सालमा प्राधिकरणको सातौं तहको इन्जिनियरबाट सेवा सुरु गरेका उनले झन्डै २३ वर्षको अवधिमा प्रसारण, वितरण र उत्पादन क्षेत्रमा अनुभव हासिल गरेका छन्। From etajakhabar

प्रतिकृया दिनुहोस्