Thursday, November 26

गुन्डा विकास दुबेको घर र महङ्गा गाडी डोजर लगाएर धो’स्त पारियो !

July 5, 2020 315

काठमाडौं । आफूलाई पक्राउ गर्न आएका डिएसपीसहित आठ प्रहरीको ज्यान लिने गर्ने भारतका गुन्डा नाइके विकास दुबेको घर भत्काइएको छ । शनिबार डोजर लगाएर दुवेको घर भत्काइएको हो । ८ प्रहरीको ज्यान लिएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै क्रममा दुवेको प्रहरीसंग नै मिलेमतोको संकेत समेत देखिएको छ । भारतको कानपुर स्थित बिकरु गाउँमा रहेको दुवेको घर भत्काउन प्रहरी टोली पुगेको थियो । उत्तर प्रदेश सरकारको नेतृत्वमा उनको घर भत्काइएको हो ।

बिहीबार राति दुबेलाई पक्राउ गर्न गएको प्रहरी टोली माथि नै जाइलागेको दुवेको समुहले ८ प्रहरीको ज्यान लिएको थियो । घटनामा डीएसपीसहित ८ प्रहरीको निधन भएको हो । घाइते ७ प्रहरीको उपचार जारी छ । प्रहरीले त्यो घर पनि दुवेले गैरकानुनी रुपमा बनाएको भन्दै भत्काएको हो । दुवेको घरमा रहेका महंगा फर्निचर र अन्य भौतिक सामानमा पनि क्षति भएको छ । दुबेले चढ्ने गरेका महंगा गाडी पनि नष्ट गरिएको छ ।

८ प्रहरीको ज्यान लिएका दुवे अझै फरार छन् । उनको खोजिमा प्रहरीको ठूलो टोलि परिचालन गरिएको छ । दुबेबारे जानकारी दिनेलाई ५० हजार भारतीय रुपैयाँको इनाम दिने घोषणा प्रहरीले गरेको छ।

प्रतिकृया दिनुहोस्