Monday, January 18

प्रधानमन्त्री केपी ओलीले अबको केहीबेरमा देशवासीका नाममा स’म्बोधन

April 7, 2020 239

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले अबको केहीबेरमा देशवासीका नाममा स’म्बोधन गर्ने भएका छन्। सरकारले गरेको अहिलेसम्मका तयारी र बनाएका कार्यायोजनाबारे प्रधानमन्त्री ओलीले विहान ११ बजे सम्बोधन गर्न लागेकाे हुन् । आफूले स’म्बोधनको तयारी गरेको जानकारी सोमबारको मन्त्रिपरिषद् बैठकमा गराएका थिए। उनले नि’र्धक्क भएर स्वास्थ्यकर्मीलाई उपचार कार्यमा सं’लग्न हुन र सर्वसाधारणलाई स’चेत रहन अ’पिल गर्ने तयारी छ। यस अघि हिजो बसेको मन्त्रिपरिषद बैठकले लकडाउन (ब’न्दाबन्दी) वैशाख ३ गतेसम्म लम्ब्याएको छ।

चैत ११ गतेयता जा’री लकडाउन मंगलबार सकिँदै गर्दा सोमबारको मन्त्रिपरिषद् बै’ठकले पुनः आठ दिन थप गर्ने निर्णय गरेको हो। को’रोना भाइरस (को’भिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सुरुमा एक साताका लागि लकडाउन तोकिएको थियो। त्यसयता को’रोना संक्रमितको संख्या नौ पुगेको छ। तीमध्ये ८ जना आ’इसोलेसनमा उपचाररत छन्। एक जना निको भई घर फर्किएका थिए। कैलालीमा विदेशबाट फर्किएका एक जनामा देखिएको संक्रमण उनका आफन्तमा सरेपछि स्वास्थ्य मन्त्रालयले नेपाल दोस्रो चरणमा प्रवेश गरेको बताएको थियो।

यसैबीच प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गरेका छन् ।प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनको शी’घ्र स्वास्थ्यलाभको कामना गरेका हुन्। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री जोन्सनले को’रोना भाइरस (को’भिड–१९) वि’रुद्ध लड्न गरेका प्रयासहरुको प्र’शंसा गर्दै स्वास्थमा शीघ्र सुधारको कामना गरेका छन् । सोमबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको स’घन उपचार कक्षमा भ’र्ना भएका बेलायती प्रधानमन्त्री जोन्सन दश दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आ’इसोलेशनमा रहेका थिए ।

प्रतिकृया दिनुहोस्