Friday, January 22

युएईका राजकुमारले भने: आफ्नै नागरिकलाई जस्तै नेपालीको पनि ख्याल गर्छौं, चिन्ता नलिनू…

April 7, 2020 256

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (यूएई)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग यूएईमा कार्यरत नेपाली श्रमिकको सुरक्षा र उपचारबारे चासो व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले विदेशमा कार्यरत नेपालीको अवस्थाबारे सम्बन्धित देशका सरकार प्रमुख वा प्रतिनिधिसँग संवाद गर्ने क्रममा युवराज शेख मोहम्मदसँग टेलिफोनमा कुरा गनुृभएको हो । युवराज शेखले नेपाली श्रमिकले यूएईका नागरिक सरह उपचार पाउने बताएको प्रधानमन्त्रीले ट्वीटमार्फत जानकारी दिनुभएको छ ।

सोमबार साँझ भएको टेलिफोन कुराकानीमा प्रधानमन्त्री ओलीको चासोमा युवराज शेखले नेपालीहरू इमान्दार र परिश्रमी भएको बताउँदै उनीहरूले यूएईको आर्थिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको थियो ।अहिलेसम्म यूएईमा ११ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ । दुई जना उपचारपछि निको भएका छन् । यसअघि प्रधानमन्त्री ओलीले बहराइनका सरकार प्रमुखसँग पनि टेलिफोनमार्फत कुराकानी गर्दै त्यहाँ कार्यरत नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिनुभएको थियो।

प्रतिकृया दिनुहोस्