Friday, February 26

प्रचण्ड र ओलीको भाइरल डाइलग नाटकै हो नौटंकीनै होको बन्यो गीत (हेर्नुहोस भिडियो)

January 29, 2021 109

नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मुटुमा बसेकी चर्चित गायिका समिक्षा अधिकारी र मेक्सम खाती क्षेत्रिले आवाज दिएको निकै उत्कृष्ट लोकदोहोरी गीत नाटकै हो बजारमा आएको छ।गीतमा नरेश खाती क्षेत्रिको उत्कृष्ट शब्द तथा संगीत रहेको छ । नाटकै हो गीत भर्खरै बजारमा आएको छ ।यो समय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड बिचको जुहारीमा प्रयोग भएको शब्द हो नाटकै हो र नौटंकी नै हो।जसरी यो शब्द प्रयोग भएको छ सोहि अनुसारको कथा गीतमा छ कि छैन भन्ने प्रश्न उठ्न सक्छ

गीतको भिडियोमा मेक्सम खाती क्षेत्रि र गरिमा शर्माको जीवन्त अभिनय रहेको छ । शिशिर खातीले सो गीतमा निर्देशन गरेका छन् । भिडियोका छायाँकार संकल भुजेल हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन् । गीत ,मेक्सम नरेश युटुब च्यानल मार्फत बजारमा आएको छ।प्रेम कहानीमा जोडिएको गीतमा भित्री प्रेम कथा मात्रै हैन प्रेम भित्र झुट बोल्ने कुराहरुलाई बिशेष जोड दिएको छ,भिडियो हेरौ :

प्रतिकृया दिनुहोस्