Thursday, November 26

कतारबाट फर्केको ४ दिनमा नै ज्या न गुमाएका गोर्खाका यि पुरुषको श व ब्यबस्थापन गर्न स्थानीयले दिएनन्

July 4, 2020 204

कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा गोरखामा पनि लफडा भएको छ । कोरोनाका कारण आज बिहान मृत्यु भएका गोरखाका कोरोना संक्रमित ४४ वर्षीय पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन गर्ने तयारी गरेपछि स्थानीयले विरोध गरेपछि लफलडा सुरु भएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले संक्रमितको शव गोरखा नगरपालिका १२ र शहिद लखनथापा गाउँपालिका १ बक्राङको सीमामा पर्ने दरौँदी र लुदीखोलाको दोभान नजिकै व्यवस्थापन गर्ने निर्णय गरेकोछ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ । नेपाली सेनाका चार जनाले शव व्यवस्थापन गर्ने तयारी गरेपनि स्थानियले अवरोध गरेपछि लफडा भैरहेको छ ।

पालुङटार नगरपालिका वडा नम्वर ७ का ४४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । असार १६ गते कतारबाट फर्केका उनी जीवनज्योती मावि च्याङ्लीको क्वारेन्टिनमा बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्