Wednesday, December 2

ललितपुरको खोकनामा प्रहरी र स्थानीयवासीबीच डरलाग्दो झडप !! (भिडियो सहित्)

July 4, 2020 353

काठमाडौं । ललितपुर एकाएक रणभुमि बनेको छ । ललितपुरको खोकनावासी र प्रहरीबीच शनिबार दिउँसो तनाव भएको छ । खुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि विवाद भएको हो । यस घटनामा परी ४ जना प्रहरी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ७ रा–उ–न्ड अ–श्रु ग्यास समेत प्र–हा–र गरेको छ ।

तनावपछि अहिले खुडोल फाँटमा स्थानीयले पुनः धान रोपेका छन् भने त्यस क्षेत्रमा प्रहरीको बाक्‍लो उपस्थिति छ । यो फाँट काठमाडौं–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को ‘जिरो किलोमिटर’हो । सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । तर, स्थानीयले भने मुआब्जा लिइसकेका छैनन् ।

उनीहरुले सरोकारवालासँग छलफल नै नगरी एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नभएको, फास्ट ट्रयाकसँगै वाग्मती करिडोर, १ सय ३३ केभी प्रसारण लाइन, बाहिरी चक्रपथको विन्दु पनि खोकना फाँटमै पर्ने भएकाले मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै विरोध जनाउँदै आएका छन् । यसअघि असार १५ गते पनि प्रहरी र स्थानीयवासी विवाद भएको थियो ।

प्रतिकृया दिनुहोस्