Thursday, November 26

अध्ययनवाट खुल्यो यस्तो निष्कर्ष ‘हावामा ३० मिनेट सम्म बाँच्ने कोरोना साढे ४ मिटर टाढासम्म फैलन्छ’

March 11, 2020 189

एजेन्सी । चीनको वुहान क्षेत्रवाट सुरु भएको कोरोनाको सं क्र मण नि यन्त्र ण गर्न चीनले आफ्नो सबै शक्ति लगायो । अहिले चीनमा कोरोना नि यन्त्र णको क्रममा छ । नयाँ रोगको नि य न्त्रण मात्र होइन चीनले कोरोना भाइरसको विषयमा पनि अध्ययन गरेको छ । चीनमा गरिएको सरकारी अध्ययनले कोरोना भाइरस हावामा ३० मिनेटसम्म बाँच्ने तथ्य खुलेको छ ।

चीन सरकारको म हा मा री विज्ञको समूहले गरेको नयाँ अध्ययनमा कोरोना भाइरस ‘कोभिड–१९’ हावामा ३० मिनेटसम्म बाँच्ने र यस भाइरस साढे ४ मिटर टाढा सम्म फैलन सक्ने देखिएको हो । सो समाचार चीनको समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।

जमिनमा रहेको कोरोना भाइरस एक दिन सम्म पनि बाँच्न सक्छ । कोरोना सं क्र मि त व्यक्तिले छोएको बस्तुहरुमार उसको शरीरबाट निस्कने ¥यालजन्य पदार्थबाट कोरोना सं क्र मण को जोखिम हुने अनुसन्धानले देखाएको छ ।

जमिनको तापक्रमले कोरोना भाइरस कति दिन सम्म बाँच्न सक्छ भन्ने कुराको निर्धारण गर्ने उल्लेख छ । ३७ डिग्री सेल्सियस अथवा ९८ फरेनहाइटको तापक्रममा कोरोना भाइरस दुईदेखि तीन दिनसम्म बाँच्न सक्ने देखिएको छ ।

गिलास, कपडा, फलाम, प्लास्टिक र कागजमा कोरोना भाइरस दुई तीन दिन सम्म पनि बाँच्ने बताइएको छ। कोरोना सबैभन्दा बढी फैलिएको हुनान प्रान्तमा गरिएको अध्ययनमा यस्तो देखिएपछि सो कुरा सार्वजनिक गरिएको हो । उक्त अनुसन्धानमा गत जनवरी २२ मा एक व्यक्तिबाट कसरी कोरोनाको सं क्रम ण भयो भन्नेबारे पनि उल्लेख छ।

निश्कर्षमा अनुसन्धानकर्ताले साढे ४ मिटरसम्म कोरोनाको सं क्रम ण देखिने बताएका छन्। चार घण्टाको अवधिमा कोरोना सं क्र मि त ती व्यक्तिले बसमा चढेका ४८ मध्ये कैयौंलाई कोरोनाको सं क्र म ण सारेका थिए। अनुसन्धानकर्ताले कोरोनावाट कसरी बच्न सकिन्छ भन्ने कुरा पनि लेखेका छन् । जसमा माक्स र पञ्जालाई अनिवार्य प्रयोग गर्न भनिएको छ ।

प्रतिकृया दिनुहोस्