Tuesday, December 1

आफैं हराउन सक्छ कोरोना भाइरस

July 4, 2020 224

काठमाडौंः कोरोना भाइरस आफैं हराउनसक्ने अनुमान गरिएको छ । इटलीका एक संक्रमण रोग विशेषज्ञ डाक्टरले कोरोना भाइरस आफैं कमजोर भएको र आफैं हराउन सक्ने उनले बताएका छन् ।

इटलीस्थित सेन मारटिनो अस्पतालमा संक्रमण रोग प्रमुख डा. माटेओ बाकेट्टीले कोरोना भाइरस आफैं लोप हुनसक्ने बताएका हुन् । उनले टेलिग्राफमा एक अन्तर्वातामा यस्तो बताएका छन् । माटेओका अनुसार ‘जेनेटिक म्युटेसनबाट भाइरस कमजोर बन्दै गएकाले आफैं हराउन सक्छ ।’

भाइरसलाई आफूले गरिरहेको अध्ययन अनुसार भाइरसको प्रकृतिमा फरकपन आएको उनले बताए । मारटिनोका अनुसार गत मार्च र अप्रिल महिनामा भाइरसको स्वरुप बेग्लै थियो । उनले भने, ‘त्यो बेला अस्पतालमा पनि भर्ना हुनेहरुलाई अस्किजन र भेन्टिलेटरको आवश्यकता पथ्र्यो । तर, अहिले त्यो परिवर्तन भएको छ ।’

अप्रिल र मार्चमा भाइरस आक्रामक बाघ जस्तो थियो तर अहिले सामान्य विरालो जस्तो देखिएको उनले बताए । उनले भने, ‘अहिले ८० वर्ष माथिका विरामी पनि सामान्य रुपमा अस्पतालमा बसेका छन् । उनीहरुलाई भाइरसले त्यस्तो असर गरेको छैन् ।’ तर, पहिला भने यो उमेरको मानिसमा भाइरसको संक्रमण हुँदा मृत्यु हुने गरेको उनी बताउँछन् ।

माटेओका अनुसार मानव शरिरमा भाइरसले म्युटेसन गरेकाले यो कमजोर भएको हुनसन्छ । लक डाउन गर्ने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने बानीले मानव शरिरसँगै भाइरसले म्युटेसन गरेको हुनसक्ने उनी बताउँछन । उनले भने, ‘कोरोना भाइरसको भैक्सिन पत्ता लाग्नु भन्दा अगावै आफैं भाइरस हराउन सक्छ ।

प्रतिकृया दिनुहोस्