Thursday, December 3

नेपालमा अपत्यारिलो तरिकाले ठूलो संख्यामा कोरोनाका बिरामीले जिते कोरोनालाई, आज एकै दिन ८ सय २३ जना निको भएर घर फर्के

July 3, 2020 217

काठमाडौँ, १९ असार – देशभर गत २४ घण्टामा थप ७४० जना सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न २३ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७४० जनामा सङ्क्रमण भएको जानकारी दिनुभयो ।

योसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म छ हजार १४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ८२३ जना उपचारपछि घर फर्किएका छन् । (रासस)

प्रतिकृया दिनुहोस्