Sunday, November 29

भैसी चराउन जाँदा बेपत्ता भएकी बालिका मृ*त अवस्थामा फेला : ब*लात्का*र गरी ह*त्या गरेको आशंका, शोकमा डुब्यो परिवार

July 3, 2020 189

जनकपुर-धनुषामा भैसी चराउन जाँदा बेपत्ता भएकी बालिका मृ*त अवस्थामा फेला परेकी छन् । जनकपुर उपमहानगरपालिका २१ स्थित कुर्थामा रहेको दूधमती नदीको किनारामा मा १० वर्षीया बालिका कन्चनकुमारी पजियार खेत छेउकै दूधमती नदीमा मृ तावस्थामा फेला परेकी हुन् ।

उनलाई ब लत्कार पछि ह त्या गरिएको आशंका गरिएको छ । परिवारले बालिका बेपत्ता भएसँगै खोजतलासी गरेको थियो तर कतैपनि फेला नपरेपछि बिहीबार अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएका थिए ।

अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । घटनामा संलग्न हुन सक्ने आशंकामा गाउँकै शमसानमा बस्ने एक अघोरीलाई गाउँलेले नियन्त्रणमा लिई धनुषा प्रहरीलाई जिम्मा लगाएको बताइएको छ । पजियारको घर शो कमा डुबेको छ भने, गाउँलेह आक्रोशित बनेका छन ।

प्रतिकृया दिनुहोस्