Monday, November 30

फेरि आज पनि घट्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

July 3, 2020 410

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको पाँच सय रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९० हजार पाँच सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९० हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी प्रतितोला ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्