Saturday, December 5

सर्पले डसेको बालकको उपचारको अभावमा मृ*त्यु

July 3, 2020 158

कंचनपुर – विषालु सर्पले ड’सेर कञ्चनपुरमा एक बालकको निधन भएको छ । भीमदत्त नगरपालिका– १६ का १४ वर्षीय बालक पर्वत गिरीको निधन भएको हो । ‘घरपरिवारले थाहा पाएपछि महाकाली अस्पताल लगेको र थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको भीमदत्त नगरपालिका– १६ का वडाध्यक्ष सुरेन्द्र विष्टले बताए ।

उपचार गर्न बालकको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने भएको र महाकाली अस्पतालमा भेन्टिलेटर नभएपछि अस्पतालले बालकलाई धनगढी प्रादेशिक अस्पताल रिफर गर्दा बाटोमै बालकको निधन भएको हो । उपचार गर्न बालकको अवस्था गम्भीर भएकोले महाकाली अस्पतालमा भेन्टिलेटरको अभावमा बालकलाई धनगढी प्रदेशिक अस्पताल रिफर गर्नु परेको महाकाली अस्पतालका डाक्टर सरोज आचार्यले बताए ।

सर्पले टोकेपछि समयमै उपचार नहुँदा यहाँका नागरिकहरूले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ । सर्पदंशकै कारण १४ असारमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ कालागौडीकी ५ वर्षीया बालिका पुनम बोहराको पनि निधन भएको थियो ।

प्रतिकृया दिनुहोस्