Thursday, February 25

सडकको पेटीमा भेटिएका मुस्लिमले यति मिठो दोहोरी गीत गाएपछि सबै चकित,भिडियो एकाएक भाइरल

January 29, 2021 87

काठमाण्डौ । ‘तिमीलाई देख्न मन लागेर स्कूलबाट आउँथे म भागेर, फूलमा मौरी डुल्ने बेलामा कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा’ यो गीतले भने झैं अलिम खानको पिरती पनि नफुल्दै झरी दिएको छ । पाल्पाका अलिम स्वरका धनी मात्र रहेनछन् उनी मनका पनि उत्तिकै धनी रहेछन् । यो कुरा उनको बोली र व्यबहारबाट थाहा हुन आउँछ । मुस्लीम भएकै कारण प्रेमीकाले आफुलाई स्वीकार गर्न नसेको सुनाउँदा पनि उनले आफ्नो पूर्व प्रेमीकालाई निकै नै सम्मानले बोले ।

हामीले देखेका छौं जब प्रेम असफल हुन्छ तब अनेक बाहानामा छोडी जानेलाई उस्को सम्झनामा बस्नेले तथानाम गाली गरेर बेईजत गरिरहेका हुन्छन् । तर अलिमले आफुलाई जातकै कारण छोडेर गएकी प्रेमीकालाई निकै नै सम्मानले बोले । यो उनको महानता हो । प्रेमीकाको सम्झनामा उनले एउटा गीत पनि गाए । जुन गीत उनलाई असाध्यै मन पर्ने रहेछ,‘अबका दिन हिजो झैं काहाँ हुन्छ, सानोतिनो गल्ती नी थाहा हुन्छ मेरो माया त चाह्यौ भने मर्न पनि सक्छ, सिंउदो भर्यो पराईको भई सक्यौ, यति धेरै माया त नगर तिमीलाई अप्ठ्यारो पर्न पनि सक्छ ।’ यो गीत गाउँदा उनी निकै नै भावुक पनि भए ।

अलिमले नेपाली गीतसंगीतलाई मन पराएर गीतसंगीतमा नै आफ्नो जीवन समर्पित गरेर भविष्य खोज्दै हिंडेको आज १० वर्ष भएको रहेछ । पाल्पादेखि गीतसंगीतको क्षेत्रमा केही गर्छु भन्ने सोंचेर काडमाण्डौ आएका अलिमलाई काठमाण्डौले भने आजसम्म चिन्न सकेन । उनीसंग भएको प्रतिभालाई हेर्ने हो भने अहिलेसम्म त अलिम नेपाली गीतसंगीतको क्षेत्रमा एउटा स्टारको रुपमा चिरपरिचत भई सक्नु पर्ने हो । तर उनकोलागी त्यो प्लेट र्फम काठमाण्डौले दिनै सकेन । उनका कुरा तलको भिडियोमा सुनौं । भिडियोसहित

प्रतिकृया दिनुहोस्