Friday, January 15

को’रोनाबाट दुबईमा एक नेपाली महिलाको मृ’त्यु

April 6, 2020 275

काठमाडौँ , को’रोना भाइरस संक्रमणका कारण संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु कामदार एक नेपाली महिलाको ज्यान गएको छ । दुबईस्थित अल रफ्फा प्रहरी चौ’कीका अनुसार को’रोना भाइरस संक्रमणका कारण ४० वर्षीया एक नेपाली महिलाको ज्यान गएको हो ।ती महिला देवदह ६ वुटवलकी स्थानीय बताइएको छ । जानकारी अनुसार उनी विगत दश वर्षदेखि दुवईमा घरेलु कामदारको रुपमा कार्यरत थिइन् । पछिल्लो समय उनी दुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी बताइएको छ ।

ती महिलाले मु’टु र पेट दुखेको बताएपछि उनलाई अस्पताल लगिएको थियो । साथै अस्पतालले गए शुक्रबार नै ती महिलालाई मृ’त घो’षणा गरिसकेको थियो तर, को’रोना संक्रमणकै कारण उनको ज्यान गएको भन्ने पुष्टि भएको थिएन । दुबईस्थित अल रफ्फा प्रहरी चौकीले महिलाको मृ’त्यु को’रोना भाइरस संक्रमणकै कारण भएको स्वास्थ्य प्रतिवेदन सोमबार आफन्तलाई उपलब्ध गराएको बताइएको छ ।आवुधावीस्थित नेपाली दूतावासले यस विषयमा अनौपचारिक सू’चना आएको जनाएको छ । हालसम्म यूएईमा को’रोना संक्रमणका कारण ११ जनाको ज्यान गइसकेको छ ।

प्रतिकृया दिनुहोस्