Wednesday, December 2

शिक्षण अस्पतालमा कोरोनाका कारण ४५ दिनका शिशुको मृ’त्यु

July 2, 2020 181

काठमाडौ, १८ । कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एकजना कोरोना संक्रमित शिशुको निधन भएसंगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको हो ।टिचिङ अस्पतालका कोरोना व्यवस्थापन समिति संयोजक डाक्टर सन्तकुमार दासले अस्पतालमा उपचारत ४६ दिनका शिशुको निधन भएको जानकारी दिए । शिशुलाई मंगलवार कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा बुधवार साँझ निधन भएको हो ।

शिशुलाई उपचारका लागि ३ साता अघि अस्पताल लगिएको थियो । जन्मेको ४५ दिनमा मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।त्रिवि शिक्षण अस्पतालमा घाँटीको समस्या लिएर उपचारका लागि ३ साता अघि भर्ना भएका शिशुलाई कोरोना पुष्टि भएको थियो ।म्याग्दी घर भएका ती शिशुको घाँटीमा समस्या देखिएपछि शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्दा मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो ।

शिशुको अवस्था जटिल भएपछि चिकित्सकहरुले कोरोनाको रिपोर्ट नआउँदै सोमबार आइसोलेसन विभागमा नै शिशुको घाँटीको शल्यक्रिया गरेका थिए । मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा नै राखिएको थियो ।शिशुको हिजो बेलुका निधन भएपछि शव व्यवस्थापन समेत गरिसकेको डा दासले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्