Monday, January 18

राहत बाड्ने तरिका गुल्मीबाट सिक्ने कि ?

April 6, 2020 413

गुल्मी, कोरोना भाइरस (कोभिड–१९) को रोगथामका लागि जिल्लामा निषेधाज्ञा लम्बिएपछि विपन्न, गरीव तथा ज्यालामजदुरी गर्ने मानिसहरु लक्षित गरी राहत सामग्रि उपलब्ध गराउन शुरु गरिएको छ ।राहत वितरण नजिक रहेर बाँड्दै फोटो खिचाउँने गरेको आलोचना भइरहदा गुल्मीम भने दुरी कायम गरि राहत वितरण गरिएको छ ।जिल्ला १२ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले नगरपालिका र गाउँपालिका मार्फत उपलब्ध गराएको खाद्यान्न बितरण गर्न थालेका हुन् ।पालिकाहरुले बितरण गर्ने राहत समग्रिहरुमा चामल, दाल, नुन र तेल, साबुन लगायत रहेका छन् ।

उनीहरुले परिवार संख्याको आधारमा दश किलोदेखि ३० किलोसम्म राहत सामग्रि उपलब्ध गराउँदै आएका छन् ।गुल्मीमा सोमवारसम्म राहत सामग्रि लिने विपन्न व्यक्तिहरुको संख्या छ हजार नाघेको छ ।प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार सोमवार सम्म जिल्लामा छ हजार १ सय ६१ जनालाई राहत सामग्रि बितरण गरि सकिएको छ ।जिल्ला प्रशासन कार्यालयको पछिल्लो तथ्यांक अनुसार १२ वटा स्थानीय तहहरुले बितरण गरेको चामल, नुन, तेल र दालको परिमाण २ सय ९१ क्वीण्टल रहेको छ । धेरै जसो स्थानीय तहमा टोलटोलमा पुगेर जनप्रतिनिधिहरुको रोहवरमा त कतिपय ठाउँमा सार्वजनिक स्थानहरुलाई प्रयोग गरि राहत बितरण गरिएको छ ।

स्थानीय तहहरुले जिल्लामा राहत बितरण गर्ने जानकारी गराएपछि राहत दिनका लागि वितरण स्थलमा मानिसहरुको भिडभाड समेत बढ्दै गएको छ ।कोरोना भाइरसवाट उत्पन्न हुनसक्ने संक्रमणवाट बच्नका जिल्ला विभिन्न पालिकाहरुमा ७० जना व्यक्तिहरुलाई क्वारेनटाइनमा राखिएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार सोमवारसम्म आठ वटा पालिकाहरुमा उनीहरुलाई राखिएको छ ।यसरी क्वारेनटाइनमा राखिएकाहरुमा धुर्कोटमा २०, ईस्मामा १३, मालिकामा १०, मदाााननेमा ८, गुल्मीदरबारमा ८, मुसिकोटमा ५, रेसुंगामा ४ र कालीगण्डकीमा २ जना रहेका छन् ।

स्थास्थ्य कार्यालय गुल्मीका प्रमुख डा.भवानी प्रसाद शर्माले जिल्लामा सोमवारसम्म ९ सय ५४ वटा करेनटाईन र २५ वटा आइसुलेसन वेड समेत निर्माण गरिएको बताए ।स्वास्थ्य कार्यालय गुल्मीले जिल्लाका एम्बुलेनस चालकहरुको सुरक्षाका लागि पीपीई बितरण गरेको छ । कार्यालयले जिल्ला प्रशासन कार्यालय गुल्मीमा सोमवार चालकहरुलाई पीपीई लगाउने तरिकाको बारेमा समेत प्रत्यक्ष रुपमा प्रयोग गरि जानकारी गराएको थियो ।जिल्लामा रहेका ३८ वटा एम्बुलेन्सहरु मध्ये कार्यालयले तत्कालका लागि नजिक र पायक पर्ने स्थानका रहेका दशवटा एम्बुलेन्स चालकहरुलाई मात्र उक्त प्रयोग गर्ने विधि सहित पीपीई सामग्रि हस्तान्तरण गरिएकोे हो ।

एम्बुलेन्समा बिरामी लैजाने क्रममा कसैलाई पनि संक्रमण नहोस भन्नका लागि कार्यालयले चालकहरुलाई उक्त समग्रि बितरण गरेको बताएको छ ।एम्बुलेन्स चालकहरुले बिरामी लैजाने क्रममा होटलहरु बन्द भएका कारण आफुहरुलाई खानाखान समस्या परेको, सुरक्षाकमीहरुले विचविचमा चेकजाँज गर्दा पटकपटक ओर्लेर विबरण टिपाउनु परेको जस्ता समस्याका कारण निकै समस्या झेल्नु परेको प्रमुख जिल्ला अधिकारीसँग गुनासो गरेका छन् ।

प्रतिकृया दिनुहोस्