Tuesday, December 1

खुल्यो अर्को रहस्य ! सुशान्तको मृ त्यु पहिल्यै विकिपिडियाले दिएको थियो अपडेट

July 2, 2020 165

सुशान्त सिंह राजपुत आत्मह’त्या के’सले नयाँ मोड लिएको छ। उनको मृ’त्युको समयमाथि कैयौं प्रश्नहरू उठ्न थालेका छन् । सुशान्तको मृ’त्युभन्दा पहिले नै विकिपिडियामा उनको मृ’त्युको खबर अपडेट भैसकेको थियो ।

यसै कुरालाई लिएर सुशान्तका फ्यानहरूले गृहमन्त्री अमित शाहसँग मद्दतको माग गरेका छन्। सुशान्तको आत्मह’त्या मामिलामा मुम्बई पुलिसले जाँचपड्ताल गरिरहेको छ। यसैबीच सबैलाई हैरान बनाइदिने जानकारी इन्टरनेटमा भाइरल भैरहेको छ। जुन सुशान्तको मृ’त्युको समयसँग जोडिएको छ। विकिपिडियामा सुशान्तको मृ’त्युपहिले नै उनको मृ’त्यु कसरी अपडेट भयो?

बलिउड अभिनेता सुशान्तले आत्मह’त्या गर्नु पहिले नै उनको विकिपिडिया पेजमा (0८:५९) बजे उनले आत्मह’त्या गरेको जानकारी अपडेट भएको थियो । आखिर यस्तो भयो कसरी भयो त ?

रिपोर्टअनुसार, मुम्बई पुलिसले दिएको बयानमा पञ्चनामा र पोस्टमार्टम रिपोर्टमा सुशान्त लगभग (०९:३०) बजे कोठाबाहिर आएर जुस पिइ करिब १० बजे पुनः कोठामा गएको उल्लेख छ। सुशान्तको मृ’त्युको खबर १४ जुन दिउँसो १ देखि २ बजेका बीचमा आएको थियो। यस्तोमा विकिपिडियामा कसरी सुशान्तको मृ’त्युको खबर पहिले नै अपडेट भयो भन्ने सवाल उठेको छ ।

न्युज १८ नामक भारतीय सञ्चारमा छापिएको रिपोर्टमुताविक, विकिपिडियाले युटिसी टाइमलाइनलाई पछ्याउने जानकारी साइबर सेलमार्फत् पुलिसलाई प्राप्त भएको छ। यो अन्तर्राष्ट्रिय स्तरिकृत टाइमलाइनभन्दा करिब साढे पाँच घन्टा पछाडि छ।

यस सत्यलाई छानबिन गर्दा विकिपिडियामा भएको अपडेटमाथि कुनै किसिमको खेलाँची नभएको जानकारी प्राप्त भएको छ। तर यस जानकारी आउनुभन्दा पहिले नै सोसल मिडियामा प्रश्नहरूको ओइरो लाग्न थाल्यो। सुशान्तका फ्यानहरूले गृहमन्त्री अमित शाहसँग यस विषयमा गम्भीर छानबिनको माग गरेका छन्।

प्रतिकृया दिनुहोस्