Sunday, November 29

आधा घण्टामै सलहले अहिलेसम्मकै धेरै क्षति गर्यो, भगाउनलाइ नेपालीले यस्तो सम्म गर्न थाले (भिडियो सहित्)

July 1, 2020 212

काठमाडौं । गत शनिबार नेपाल प्रवेश गरेको सलह सोमबार गुल्मीको रेसुंगामा पुग्यो । रेसुंगा-१३ का वडाध्यक्ष खुमबहादुर खत्री आफ्नो वडामा मंगलबार साँझसम्म पनि सलह नभागेको बताउँछन् । थालको आवाज र आगोको धुवाँले पनि सलहलाई भगाउन नसकेको उनले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र, गुल्मीका कृषि अधिकृत सनबहादुर राना मगर रेसुंगा, रुरु, छत्रकोट लगायतमा सलहको ठूलो संख्या आएको बताउँछन् । उनी भन्छन्, ‘घामै छेकेर आएको सलहको बथानलाई विभिन्न उपाय लगाउँदा पनि भगाउन सकेका छैनौं ।’स्थानीय एफएमबाट सलह कसरी भगाउने भन्ने सूचना प्रवाह गरिएको उनले जानकारी दिए । केन्द्रले स्थानीयलाई धानको बिउ, तरकारीलाई जाली, तन्नाले छोप्न, आगो बाल्न सल्लाह दिएको छ । हेर्नुहोस कहाँ के सम्म गर्यो सलहले ? –

प्रतिकृया दिनुहोस्