Thursday, March 4

पृथ्वीमा घटेका र भएका १९ रोचक घटना र वस्तु, जुन सुन्दै अचम्म लाग्छ (तस्विर सहित)

February 7, 2021 71

पृथ्वी सौर्यमण्डलको तेस्रो ग्रह हो। यसलाई विश्व पनि भनिन्छ। यो सौर्य परिवारका ग्रहहरू मध्ये जिवावाशेष भेटिएको एक मात्र ग्रह हो । यो ग्रह करिव ४.५७ अर्ब (४.५७×१०९) वर्ष अगाडि उत्पन्न भएको हो। त्यसको केही पछि यसले एकमात्र प्राकृतिक उपग्रह, चन्द्रमा, प्राप्त गर्‍यो।

पृथ्वीको आकृति केही चेप्टो अण्डाकार रहेको छ, यसको व्यास करिब् १२,७४२ किमि छ। यसको अधिकतम झुकावका कारण पृथ्वीमा सबैभन्दा अग्लो स्थान (८,८४८ मिटर उचाई भएको सगरमाथाको चुचुरो ) र सबैभन्दा होचो स्थान (समुन्द्री सतह भन्दा १०,९११ मिटर मुनी मारियाना ट्रेन्च) रहेको छ।

संसार अनौठो तथ्यहरुले भरिपूर्ण छ । जति खोज्यो त्यति नै अचम्मका कुराहरु भेटिँदै जान्छन् यहाँ । दैनिक जीवनमा हामीले देखेका, सुनेका दृश्य, ध्वनि, हामीसँग परिचित प्राणी, पृथ्वी, जल, तेज, वायु, आकाश आदि सबैको कुनै न कुनै रुपमा अनौठा विशेषता छन् जसको बारेमा या त हामीलाई थाहा नै छैन या त हामी नजरअन्दाज गर्दै आएका छौं ।

के तपाईँलाई थाहा छ, चन्द्रमामा पाइला टेक्ने अन्तिम मानिस को थिए? अनि के तपाईँलाई थाहा छ चीनमा १० दिनसम्म ट्राफीक जाम भएको थियो। संसारमा यस्ता अनौठा तथ्यहरू छन्, जुन कुराको तपाईँलाई अझसम्म ज्ञान नै थिएन। ती मध्ये १९ रोचक तथ्यहरू आज हामी तपाईँहरूलाई देखाउँदै छौँ।

प्रतिकृया दिनुहोस्