Monday, March 8

छोरा पाएको खुसीमा आफ्नो छोराको लागी गीत बनाउदै दुर्गेश, घरभित्र छिर्दा यस्तो देखियो (भिडियो हेर्नुस)

January 29, 2021 122

गायक दुर्गेश थापा बाबु बनेका छन्। उनकी पत्नी प्राची लामाले शनिबार काठमाडौंमा नयाँ सन्तानलाई जन्म दिएकी हुन्। आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको छ। समय समयमा आलोचनाको शिकार भई चर्चामा आईरहने गायक दुर्गेश थापा फेरि एकपटक चर्चामा आएका छन् ।तर यसपटक भने उनले आफ्ना फ्यानहरुका लागि अचम्म सहित खुसीको खबर दिएका छन् ।

प्रायजसो अन्तर्वार्तामा आफू प्रेममा रहेको कुरा बताउँदै आएका दुर्गेशले आफू बाबु बनेको खुसी सामाजिक सञ्जालमार्फत् व्यक्त गरेपछि उनका फ्यानहरु चकित भएका छन् । प्रेममा रहेको बताउँदै आए पनि उनले विवाह गरेको खबर भने सार्वजनिक गरेका थिएनन् । जसकारण बिहे नै नगरी कसरी बाबु बने भनि सामा जिक संजालमा उनको आलाेचना पनि गरिएको छ । बाबु बनेको खबर सार्वजनिक भएपछि भने दुर्गेशले अघिल्लो वर्ष विवाह गरेको बताएका छन् । नजिकका साथीभाइलाई मात्रै थाहा दिएर सामान्य विवाह गरेको भन्दै उनले धेरैलाई थाहा नभएको स्वीकार गरेका छन् ।

दुर्गेशकी पत्नी प्राची लामा र दुर्गेशलाई पहिलो सन्तान प्राप्त भएको हो ।दुर्गेश र प्राचीले बिहेको खबरलाई सार्वजनिक गरेका थिएनन्। पछिल्लो केही महिनादेखि भने दुर्गेश र प्राचीले सामाजिक संजालमा सम्बन्धलाई खुलाउने प्रयास गरेका थिए । दुर्गेशले प्राचीको जन्मदिनमा शुभकामना व्यक्त गर्दै उनीहरूको सम्बन्धबारे केही खुलाएका थिए।

प्रतिकृया दिनुहोस्