Saturday, December 5

कोरोनालाई प’राजित गर्दै चीन : सामान्य बन्दै जनजीवन, विद्यालय खुल्न थाले

March 11, 2020 367

बेइजिङ : कोरोना भाइरस (कोभिड(१९) को संक्रमणले च’पेटामा परेको चीनको जनजीवन सामान्य बन्दै गएको छ । विश्वका १ सय १२ देशमा फैलिदा चीन भने नियन्त्रण नजिक पुगेको हो । पछिल्लो समय चीनमा संक्रमितको संख्या दिनप्रति दिन घट्दै गइरहेको छ ।केही हप्ताअघिसम्म एकै दिनमा हजारौंको संख्यामा संक्रमित बढेको चीनमा पछिल्लो समय दुई अंकमा झ’रेको छ । केही दिन यता कोभिड–१९ को उद्गम मानिएको चीनको हुपै प्रान्तको वुहान सहरबाहेक अरू सहर र प्रान्तहरूमा नयाँ संक्रमितको संख्या एकदम न्यून छ ।

वुहान ल’कडाउन गरेको करिब ५० दिनभित्र चीनको जनजीवन सामान्य बन्दैगएको छ । चीन आकस्मिक र कठिन यु’द्ध बनेको कोभिड–१९ माथि विजय नि’कट पुगेको छ ।जनवरी २३ मा चिनियाँ नयाँ वर्ष नजिकिँदै गर्दा वुहानलाई ल’कडाउन गरिएको थियो भने चीनका धेरै सहर र प्रान्तले पनि आ’कस्मिक स्वास्थ्य सं’कट घो’षणा गर्दै पहिलो स्तरको चे’तावनी संकेत जा’री गरेको थियो । हाल अधिकांश सहर र प्रान्तले सो स्तरलाई दोस्रो र तेस्रो स्तरमा झा’रिसकेको छ । यसै गरी वुहानमा सभा हल तथा खेल भवनमा समेत अस्थायी रूपमा स्थापना गरिएका सबै १६ वटा अस्पताल मंगलबारबाट ब’न्द गरिएको चिनियाँ सञ्चार माध्यमले जनाएको छ ।

म’हामारीले उ’ग्र रूप लिएको बेला वुहानमा रातारात हजार शैय्याका दुई अस्पतालसमेत निर्माण गरेको थियो । यसै बीच चिनियाँ राष्ट्रपति सी चिनफिङले मार्च १० तारिख मंगलबार यी अस्पताल र वुहान सहरको अवलोकन गर्दै उपचारमा ख’टेका स्वास्थ्यकर्मी तथा बि’रामी सबैलाई हौ’स्याएका छन् । सी म’हामारीपछि पहिलो पटक वुहान पुगेका हुन् । उनले केही साता अघि भनेका थिए, ‘यदि वुहानले भाइरसवि’रूद्धको यु’द्ध जित्छ भने हु’पैले पनि जित्ने छ । यदि हु’पैले यु’द्ध जित्छ भने राष्ट्रले नै जित्ने छ ।’हाल वुहानको स्थितिसमेत नियन्त्रणमा आइसकेको छ ।

यसै गरी चीनका विभिन्न सहर र प्रान्तको आर्थिक र सामाजिक जीवन पनि सामान्य बन्दै गएको छ । चीनभर कोभिड–१९ महामारीको नियन्त्रण तथा प्रतिरोधका कामहरूसँगै कलकारखानामा काम पुनः सुरू भइरहेका छन् । रो’गको नियन्त्रण तथा का’रखाना पुनः सञ्चालनका लागि शाङहाई नगरपालिकाले ‘कर घटाउने तथा मौद्रिक अप्ठ्यारो’ भन्ने साझा स’मस्याको समाधान गर्न २८ बुँदे सु’विधाजनक नीति नै लागू गरेको छ । मार्चको अन्तसम्ममा शाङहाईका ११२ वटा ठूला परियोजना पुनः सुरु गराउने योजना रहेको बताइएको छ । चीनको किङघाई प्रान्तमा १ सय ४४ विद्यालय सोमबारबाट खोलिएको छ ।

यसै गरी क्वाङ तुङ प्रान्तको सदरमुकाम क्वाङचौ सहरमा वार्षिक आम्दानी २ करोड भन्दा बढी भएका उत्पादित व्यवसाय पुनः शुरू भएको दर ९९.५ प्रतिशत पुगिसकेको छ । यसै चीलिन प्रान्तभर वार्षिक आम्दानी २ करोड भन्दा बढी भएका व्यवसाय पुनः सुरू भएको दर ९६.७ प्रतिशत पुगेको छ ।कतिपय क्षेत्रमा पर्यटनस्थलसमेत खोलिसकेका छन् । सार्वजनिक यातायात तथा सार्वजनिक स्थलमा सकेसम्म स्वास्थ्य सु’रक्षालाई ख्यालमा राख्दै भिड नगर्न र एकआपसबीच एक मिटरको दूरी राख्न पनि आह्वान गरिएको छ ।साथै स्वास्थ्य सु’रक्षा र नियन्त्रणका लागि कतिपय कार्यालय रिमोट वर्कको अवधारणामा सञ्चालित छन् भने शिक्षण संस्था पनि अनलाइनमार्फत चलिरहेका छन् ।

चीनको शिक्षा मन्त्रालयले चीन सरकारले म’हामारी पूर्ण नियन्त्रणमा आइसकेको घोषणा तथा अभिभावकको स्वीकृति र शिक्षण संस्था जो’खिम रोकथाम र नियन्त्रणका लागि पूर्ण तयार भएपछि मात्र शिक्षण संस्था खोल्ने जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार, चीनमा ८० हजार ७ सय ५४ जना कोभिड–१९ बाट संक्रमित भएका छन् । यी संक्रमितमध्ये ५९ हजार ८ सय ९७ जनाको सफल उपचार भइसकेको छ । यसले ३ हजार १ सय ३६ जनाको ज्यान लिएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार, मार्च ९ तारिख १९ जना (उहान १७ जना) संक्रमित थपिएका छन् । यस बाहेक विदेशबाट आएका दुई व्यक्ति कोभिड–१९ संक्रमत भएको पुष्टि भएको छ ।

योसँगै चीनभित्र विदेशबाट आएका निश्चित संक्रमितको संख्या ६९ पुगेको छ ।चीनले यस म’हामारीमाथि नियन्त्रण लिइसकेको अवस्थामा यो आयातित संक्रमितले नयाँ समस्या थपेको छ । कोभिड–१९ हाल विश्वका अन्यत्र क्षेत्रमा चि’न्ता र भ’य बनिरहेको छ । यसै कारण चीनका वरिष्ठ स्वास्थ्य विज्ञ चोङ नानसानले यो कोभिड–१९ महामारीको प्र’भाव जुन महिनासम्म रहने अनुमान गरेका छन् । यस अघि उनले अप्रिलको अन्तसम्म नियन्त्रणमा आइसक्ने अ’नुमान लगाएका थिए । उनै विज्ञ नानसानले चीनमा पहिलो कोरोना भाइरस संक्रमित भेटिएको भए तापनि यो चीनमा नै उत्पत्ति भएको भन्ने ठोस प्र’माण नरहेको उल्लेख गरेका थिए ।

प्रतिकृया दिनुहोस्