Saturday, December 5

कोरोना संक्रमित १ करोड भन्दा धेरै भएपछि डब्लुएचओले फेरि जारी गर्यो यस्तो डरलाग्दो चेतावनी

June 30, 2020 229

काठमाडौं । विश्व महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) लाई लिएर विश्व स्वास्थ्य संगठनले अर्को डरलाग्दो खुलासा गरेको छ । विश्वभरि कोरोना भाइरस संक्रमित व्यक्तिहरूको संख्या १ करोड नाघेपछि डब्लुएचओको यस्तो चेतावनी आएको हो । हालसम्म ५ लाख भन्दा धेरै मानिसहरू यस संक्रमणका कारण ६ महिना भित्रै ज्यान गुमाउन वाध्य भएका छन् । धेरै देशहरूमा स्वास्थ्य प्रणालीहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । यस महामारीको कारणले विश्वव्यापी अर्थतन्त्र एकदम खराब चरणबाट गुज्रिरहेको छ ।

तर विश्व स्वास्थ्य संगठनले यो महामारीको सबैभन्दा खराब रूप अझै प्रकट नभएको विश्वास गर्दछ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडानोम जिब्रियोसले भनेका छन्, ‘यदि विश्वभरिका सरकारहरूले सही नीतिहरू अनुसरण गरेनन् भने भाइरसले थप मानिसहरूलाई संक्रमण गर्न सक्छ ।’ सोमबार भर्चुअल ब्रीफिंगमा टेड्रोसले थप भने, ‘हामी सबै चाहन्छौं यो अन्त्य होस्। हामी सबै आफ्नो दैनिक जीवनमा फर्कन चाहन्छौं। तर कटु सत्यता यो हो कि हामी यस महामारीको अन्तबाट अझै टाढा छौं ।’

उनले थप अगाडि भने, ‘केहि देशहरूले प्रगति गरे पनि महामारीको गति विश्व स्तरमा बढ्दै गइरहेको छ । विश्वव्यापी रूपमा एक करोड संक्रमण र पाँच लाख व्यक्तिको मृत्यु पछि पनि, हामीले विश्व स्वास्थ्य संगठनले दिएको निर्देशन अनुसार समस्याहरू समाधान गरेनौं भने, जस्तै राष्ट्रिय एकता, विश्वव्यापी ऐक्यबद्धताको अभाव र विभाजित विश्व। जसले भाइरसलाई फैलन मद्दत गरिरहेको छ, तब खराब समय आउन बाँकी छ ।’ टेड्रोसले सरकार, जर्मनी, दक्षिण कोरिया र जापानको मार्ग अनुसरण गर्न सबैसँग आग्रह गरेका छन् । यी देशहरूद्वारा निरन्तर गरिएको परीक्षण र ट्रेसिङ समावेश गरिएको छ । बीबीसी

प्रतिकृया दिनुहोस्