Thursday, December 3

एक्सरे गर्न गएकी महिलालाई कम्मर मुनिको कपडा समेत सबै खोल्न लगाई ना*ङ्गै बनाएको आरोपमा नवराज पक्राउ

June 29, 2020 279

दाङ, असार – १५ एक्सरे गर्नगएकी महिलालाई नाङ्गै बनाएको आरोपमा दाङमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही लुहारसुरस्थित गोरखा हस्पिटल रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका वडा नं. ५ निवासी २२ वर्षीय नवराज डाँगी रहेका छन् । आइतबार एक नव विवाहित महिला छातीको एक्सरे गर्न आउँदा डाँगीले ती महिलालाई पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेको छ।

ति महिलाका श्रीमानले जाहेरी दिएपछि घटना बाहिर आएको हो । प्रहरीले डाँगीलाई सोमबार विहान ‘छातीको एक्सरे गर्नु पर्नेमा कम्मर मुनिको समेत सबै कपडा खोल्न लगाई नाङ्गै बनाएर एक्सरे गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरेको हो । डाँगीविरुद्ध कसुर बमोजिम मुद्दा चलाएर कानुनी कारवाही हुने जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले बताए ।

प्रतिकृया दिनुहोस्