Saturday, December 5

अस्ताए नेपालका अन्तराष्ट्रि खेलाडी लामा, खेल क्षेत्रमा ठूलो क्षती

June 29, 2020 197

काठमाडौं । युवा अवस्थामै एक हानाहार खेलाडिको अकस्मात ज्यान गएपछि खेलक्षेत्र शोकाकुल भएको छ । क्योकुसिन कराते तथा उसुका अन्तर्राष्ट्रिय नेपाली खेलाडी वीरमान लामा ९वाइवा० को निधन भएपिछि खेलक्षेत्र स्तब्ध बनेको हो । सुतेकै अवस्थानमा आइतबार बिहान काभ्रेस्थित आफ्नै घरमा उनको निधन भएको खबर सार्वजनिक भएको छ ।

आफन्तको मलामीबाट फर्केपछि आरामका लागि सुतेका उनी आइतबार बिहान अबेरसम्म पनि नउठेपछि परिवारका सदस्यले उठाउन खोज्दा उनी मृ त अवस्थामा भेटिएका हुन् । लामा विगत दुई दशकयता नेपाली खेलकुदमा आबद्ध थिए । उनी एक दशकसम्म नेपालका राष्ट्रिय विजेतासमेत रहेका थिए ।क्योकुसिन करातेका राष्ट्रिय विजेता रहेका उनले करातेबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागी जनाउँदै नेपालको प्रतिनिधित्व गरेका थिए । लामाले दुई वर्षअघि इन्डोनेसियामा सम्पन्न एसियाडमा पनि नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।

यसैबिच, राष्ट्रिय खेलकूद परिषद् का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको निधनको शोकमा राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय आज बन्द गरिने भएको छ ।पूर्वसदस्य सचिव सिंहको शोकमा राखेपअन्तर्गत मुलुकभरका सम्पूर्ण कार्यालय बन्द रहने राखेपले जनाएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व सिंह प्रशासक र खेलाडीका रूपमा एक कुशल व्यक्ति भएको स्मरण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

सिंहको ८८ वर्षको उमेरमा शुक्रबार छाउनीस्थित निवासमा निधन भएको थियो । उहाँले राखेपको सातौँ सदस्य–सचिव रूपमा २०४८ देखि २०५० सालसम्म जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ नेपाली फुटबल टोलीको पूर्वकप्तानसमेत हुनुहुन्थ्यो ।राखेपले आफ्नो मातहतमा कार्यरत कर्मचारीलाई आइतबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । राखेपमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी, मालीलगायतलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

राखेप सदस्य–सचिव सिलवालले सम्बन्धित निकायका प्रतिनिधिलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिएका सामग्रीमा पिपिई, केएन ९५ मास्क, सर्जिकल मास्क, फेस सिल्ड, हेड गार्ड, जुत्ता, स्यानेटाइजर, चस्मा र पञ्जा छन् ।कोभिड– १९ को जोखिमलाई ख्याल गरी सतर्कताका साथ काम गर्न सहज होस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको राखेपअन्तर्गत खेलकूद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख तिलक नेपालीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्