Saturday, December 5

भोजपुरको प्याउलीमा आगलागी हुँदा तीन वर्षीय बालिकाको मृ*त्यु

June 29, 2020 172

१५ असार, भोजपुर ।भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा एक बालिकाको ज्यान गएको छ ।स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनकी तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्य चौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

बाटोमा लैजाँदै गर्दा बालिकाको स्वास्थ्य अवस्था झन गम्भीर भएपछि तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएकोमा राति मृत्यु भएको प्रहरीको भनाई छ । विद्युत् चुहावट भई कार्कीको घरमा आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ताकपडालगायत सम्पूर्ण सामान जलेर करिब १७ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।आगलागी प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

प्रतिकृया दिनुहोस्