Thursday, November 26

कोरोना संक्रमणका कारण काठमाडौं उपत्यका भित्र एकजनाको मृ*त्यु !

June 29, 2020 179

काठमाडौं । काठमाडौं उपत्यका भित्र एकजनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित मृत्यु भएको हो । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिइएको छ ।

कोरोना भाइरस (कोभिड–१९) परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी गराउनुभयो । अस्पतालका एक कर्मचारीका अनुसार दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्