Wednesday, December 2

जान्नुहोस् भाग्यलाई जित्ने ग्रह भएका यी तीन राशी, गर्छन् दुनियाँ चकित हुने प्रगती

June 29, 2020 237

काठमाडौँ । राशी मानिस जन्मिएको दिन, समय, घडी, पला र स्थानले निर्धारण गर्दछ । भगवानप्रति त्यति आस्था नभएपनि हामी कसरी जन्मिरहेका छौ र कसरी मृत्यु भइरहेको छ भन्ने निर्धारण गर्ने शक्तिलाई विश्वास नगर्ने मानिस सायदै छैन । हो त्यही शक्तिले निर्धारण गर्छ व्यक्तिको भविष्य । यसैले राशिले मानव जीवनमा धेरै प्रभाव पार्छ ।

हरेक व्यक्तिको भाग्य व्यवहार र आचरण, र भविष्य समेत राशीले नै बताउने गर्छ । जन्मकुण्डलीमा भरहेको विभिन्न ग्रहको प्रभाव अनुसार राशीको भविष्य निर्धारण हुने ज्योतिष शास्त्रमा उल्लेख रहेको छ । सफल हुने र धेरै कमाउने रहर सबैमा हुन्छ तर कोहीको भाग्य यस्तो हुन्छ जसले जति धेरै कडा परिश्रम गरेपनि सफलता पाउन सक्दैनन् । यद्यपी आज हामी तपाईहरुलाई भाग्यमानी तीन राशीको बारेमा बताउन गइरहेका छौँ ।

कन्या राशि : यो राशी भएका व्यक्तिको कुण्डलीमा राजयोग को उपस्थिती हुने भएकाले उनीहरुले दुखमा पनि सुख भेट्ने गर्छन् । अन्य राशी भन्दा परिश्रमी र बुद्धिमानी भएको कारण राम्रो प्रगती गरेका हुन्छन् । जस्तोसुकै परिस्थितीको पनि सामना गर्न सक्ने क्षमता भएको कारण जीवनमा हरेक सफलता प्राप्त हुने विश्वास रहेको छ ।

वृश्चिक राशि : यो राशी भएका व्यक्तिहरु दुख गर्न नडराउँने भएकाले जीवनमा आइपरेका संघर्षसँग लडेर अगाडी बढ्न सक्छन् । मेहनति र सहनशिल भएको कारण यो राशी भएका व्यक्तिहरु सफलतामा निकै अगाडी रहेका हुन्छन् भने खर्च गर्ने कुरामा कहिल्यै डराउँदैनन् । उनीहरुको कडा मेहनतले प्रसस्त धन दिलाउँछ ।

मीन राशि : यो राशी भएका व्यक्तिहरु सकारात्म सोच भएका हुन्छन् । हरेक कामलाई सन्तुलनमा राख्ने खुबी भएको कारण छिट्टै प्रगतिको पथमा पुग्न सफल हुन्छन् । उनीहरु धन कमाउने मामलामा निकै अगाडी हुन्छन् । बलसँगै बुद्धिको उचित प्रयोग गर्ने भएको कारण अप्ठ्यारो परिसिथतीमा पनि सजिलै सफलता प्राप्त गर्न सक्छन् ।

प्रतिकृया दिनुहोस्