Tuesday, November 24

नेपालबाट श्रीमती र छोरी ल्याउने प्रक्रियामा रहेका बाग्लुङका केसीको अमेरिकामा सुतेकै अवस्थामा नि’धन

March 11, 2020 640

२८ फाल्गुन २०७६, बुधबार बाल्टिमोर, अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा एक नेपाली युवाको सुतेकै अवस्थामा नि’धन भएको छ । बाग्लुङका ३१ बर्षिय सुनिल केसी मृ’त अवस्थामा भेटिएका हुन् ।काम गर्ने स्टोरको माथिल्लो तल्लामा बस्दै आएका केसी दुईदिनदेखि काममा नआएपछि स्टोर मै काम गर्ने सहकर्मीहरुले खोजी सुरु गरेका थिए । ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले आएर ढोका खोल्दा उनको मृ’त्यु भइसकेको थियो ।केसी बाग्लुङको बाग्लुङ नगरपालिकाका हुन् ।

केसीको श’व पो’ष्टमार्टमपछि बाल्टिमोरको को’रोनरी हाउसमा राखिएको जनाइएको छ । उनको मृ’त्युको कारण खुलिसकेको छैन ।नेपालमा रहेको उनको परिवारले उनको श’व नेपाल मै पठाउन अनुरोध गरेका छन् । हालैमात्र अमेरिकामा बस्ने का’नुनी है’सियत प्राप्त गरेका केसीले नेपालबाट श्रीमती र छोरी ल्याउने प्रक्रिया गरिरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्