Saturday, December 5

सुशान्तले धोका दिएपनि अंकिताले कहिल्यै बिर्सिनन् त्यो परिवारलाई, सुशान्तको मृत्युपछि झनै बनिन् पिडित परिवारको सहारा

June 28, 2020 199

एजेन्सी – सुशान्त सिंह राजपुतको निधन भएको १५ दिन भइसक्दा पनि उनको परिवार अझै गहिरो सोकमा छ । सुशान्तको मृत्युको जति दिन बित्दै गए सुशान्तका बारेमा एकपछि अर्का आश्चर्यजनक कुराहरु बाहिर आइरहेका छन् ।सुशान्तको निधनपछि सबैभन्दा बढी क्षतविक्षत बनेका उनका बाबुले भारतीय मिडियाहरुसँग कुराकानी गर्दै भने बाबुले अंकिता लोखण्डेसँग सम्बन्ध अगाडी बढाउन नसकेता पनि सुशान्त र अंकिताको जोडी पवित्र रिश्तामा खुब जमेको विषयमा बोल्न भ्याए । उनले भने म सुशान्तको जीवनमा भएका साथीहरु मध्ये अंकितालाई मात्र चिन्छु ।

अंकितापछि सुशान्तको नाम कृति सनोन, रिहा चक्रावतीसँग जोडिए पनि अंकिता सुशान्तको निधनपछि पटक पटक सुशान्तका परिवारलाई शान्तवना दिन उनको घरमा पुगीन् । सोही विषयमा बाबुले रहस्य खोल्दै भने उसँग बिहेको कुरा नै अन्तिम कुरा भयो । यो वर्ष विबाह गरिदिने हाम्रो सोच थियो तर उसले अहिले बिहे नगर्ने बताएको बाबु केके सिंहले बताए ।

अंकिता भने सुशान्तसँगको ब्रेकअपपछि पनि परिवारको राम्रो सदस्य भएको भन्दै सिंहले भने अंकिताले हामीलाई र हामी अंकितालाई धेरै माया गर्छौं र गरिरहेनेछौँ ।

प्रतिकृया दिनुहोस्