Wednesday, January 20

पूर्वराजाको मनछुने संदेश- सबै नेपाली एक हौ, संकटका बेला राजनीतिक विवाद झिक्नु घा’तक हुन्छ !

April 6, 2020 373

काठमाडौं , पूर्वराजा ज्ञानेन्द्र शाहले को’रोना भाइरस संक्रमण रो’कथामका लागि एक भएर ल’ड्नुपर्ने बताएका छन । उनले आज एक ट्वीट गर्दै को’रोना भाइरस संक्रमण रोकथामका लागि एक भएर ल’ड्नुपर्ने बेलामा अनावश्यक राजनीतिक वि’वाद झिक्नु घा’तक भएको समेत उल्लेख गरेका छन । ट्वीटरमा आफ्ना धारणा राख्दै पूर्वराजा शाहले यतिखेर सम्पूर्ण विश्व नै को’रोना सन्त्रासका कारण मानवीय सभ्यता र यसको उपलब्धी जो’गाउन हरसम्भव प्रयासमा लागि परेको उल्लेख गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘सम्पूर्ण विश्व नै को’रोना सन्त्रासका कारण मानवीय सभ्यता र यसको उपलब्धी जोगाउन हरसम्भव प्रयासमा लागि परेका बेला अनावश्यक राजनैतिक विषयवस्तु उठान गरी एक अर्काको वि’वादमा अ’ल्मलिनु सर्वथा घा’तक हुनसक्छ ।सम्पूर्ण नेपाली एक भएर पवित्र मनले परिस्थितिसँग जु’ध्नु आजको अनिवार्य आवश्यकता हो। ‘यस अघि को’रोना म’हामारी रोकथाम नियन्त्रण र उपचारका लागि ख’डा गरिएको सरकारी कोषमा पूर्वराजपरिवारले दुई करोड रुपैयाँ सहयोग गरेको छ।

प्रतिकृया दिनुहोस्