वेवारिसे शव ब्यवस्थापनमा लागेर सामाजिक चर्चा कमाएका विनयजंग बस्नेतले आफैले छोरी मानेका सपना मगरालाई अनैतिक ब्यवहार गरेको भन्ने कुरा सार्वजनिक भएपछि विनयजंग रिसाएका छन् । उनले यो आरोप गलत भएको बताएका छन् ।
विपनालाई अझै छोरी मानेको भन्दै उनलाई र उनको परिवारलाई कसैले उचालेको बताए । एक युट्युवरको नाम लिँदै विनयजंगले ती ब्यक्तिले आफूसँग पैसा समेत लिएको र आफ्नै बारेमा नराम्रो सामाग्री बनाएको बताए ।
उनले अझै विपनालाई छोरी नै मानेको र उनका अभिभावकले लगाएका सबै आरोप गलत भएको बताएका छन् ।
आफूले छोरी मानेकाले सपनाको सधैं भलाई चाहेको उनले बताएका छन् । सपनाले आफ्नो ८५ हजार रुपैयाँ, कपडा र मोवाइल फोन लिएर गएको समेत विनयजंगले आरोप लगाएका छन् ।
यसअघि आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइवाले अब विनयजंग विरुद्ध कानुनी कारवाहीको लागि प्रकृया अघि बढाउने बताएकी थिइन् ।
उनले आफुलाई यस अघि पनि विनयजंगले सपनालाई ग ल त न ज’रले हेर्ने गरेको शंका लागेको र त्यो कुरा आफुले सार्वजनिक रुपमा भन्दा आफ्नो निकै आलोचना भएको पनि एक भिडियोमा बताएकी थिइन् ।
प्रतिकृया दिनुहोस्