Wednesday, December 2

अमेरिकाले भन्यो, अन्तर्राष्ट्रिय आ’तंकवादी समूहले नेपाललाई निशाना बनाउन सक्छ

June 26, 2020 200

एजेन्सी । अमेरिकाले प्रत्यक वर्ष सार्वजनिक गर्ने बिभिन्न देशमा हुनसक्ने आ तंकवादी गतिविधि सम्बन्धी प्रतिवेदनमा नेपालका बारेमा पनि उल्लेख गरेको छ । अमेरिकाले नेपाललाई आ तंकवादी समूहहरुले ट्रान्जिटको रुपमा प्रयोग गर्न सक्ने उल्लेख गरेको छ । नेपालको एउटा मात्र अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा संयन्त्र कमजोर रहेको फाइदा अन्तराष्ट्रिय आ तंकवादीले उठाउन सक्ने उल्ल्ेख गरेको छ ।

अमेरिकाको विदेश मन्त्रालयले प्रत्यक वर्ष विभिन्न मुलुकमा अन्तराष्ट्रिय आ तंकवादको अवस्थाका बारेमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । जसमा नेपालको सुरक्षा अवस्थाका बारेमा पनि उल्लेख छ । अमेरिकाको विदेश मन्त्रालयले जारी गरेको आ तंकवाद सम्बन्धी प्रतिवेदन–२०१९ मा गैरनेपालीको अन्तर्राष्ट्रिय आ तंकवादी संगठनहरुले नेपाललाई ट्रान्जिट बनाउन वा आ क्रमण गर्ने चेतावनी दिएको छ ।

‘भारतसँग खुला सीमा भएका कारण पनि नेपाललाई ट्रान्जित प्वाइन्ट बनाउन सक्ने प्रतिवेदनमा दावी गरिको छ । प्रतिवेदनमा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको कार्यविधि पर्याप्त नभएको हुँदा यस्तो अवस्था आउन सक्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्