Saturday, December 5

काठमाडौ उपत्यकामा कोरोना जोखिम बढ्यो, आज यति धेरै संक्रमित थपिए

June 25, 2020 322

काठमाडौं । काठमाडौं उपत्यकापनि कोरोना भाइरस (कोभिड–१९) को जोखिममा परेको छ । आज ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जोखिम बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४–४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंमा २ महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, ३ पुरुष र ललितपुरमा एक जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उपत्यकामा नै रहेको ललितपुरमा एक जनाको आजै कोरोना भाइरसबाट मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्