Wednesday, December 2

डब्लुएचओको फेरी अर्को चेतवानी, अक्सिजनकै कारण मानिस मर्न सक्छन्

June 25, 2020 221

काठमाडौ । महामारीका रुपमा रहेको कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले फेरि चेतावनी दिएको छ । डब्लुएचओले संक्रमित व्यक्तिहरूको बढ्दो संख्याका कारण विश्वका अधिकांश देशहरूमा अक्सिजन केन्द्रकको अभाव हुने सम्भावना देखिएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गेब्रिएलोसले पत्रकार सम्मेलनमा भने,‘ धेरै देशहरू अधिक संक्रमित अवस्थाका कारण अक्सिजन केन्द्रकको अभावमा पीडित छन् । यस समयमा मेशीनको लागि माग अब आपूर्ति भन्दा बढी छ ।’ उनले थप भने, ‘हालसम्म विश्वमा ९४ लाख भन्दा बढी मानिस कोरोना भाइरस बाट संक्रमित भइसकेका छन् । ४ लाख ८० हजार भन्दा धेरै मानिसहरुले आफ्नो जीवन गुमाइसकेका छन ।’

गेब्रियोले भने, ‘हरेक हप्ता १० लाख मानिस संक्रमित भइरहेका छन् । यस कारणले, हरेक दिन ८८ हजार ठुलो अक्सिजन सिलिन्डर र ६.२० लाख घनमीटर अक्सिजन आवश्यक छ । चाँडै यो संख्या करोड भन्दा बढी हुनेछ ।’ उनले अगाडि थप भने, ‘हामीले अहिलेसम्म १४ हजार अक्सिजन कन्सेन्टर्स किनेका छौं र केही हप्तामा १२० देशहरूमा पठाउने योजना रहेको छ । यससँगै अर्को छ महिनामा १० लाख डलरको १.७० ठेकेदार पाउने सम्भावना छ ।’

विश्व स्वास्थ्य संगठनको आपतकालीन टोलीका प्रमुख डा. माइक रायनले भने, ‘थुप्रै ल्याटिन अमेरिकी देशहरूमा यो महामारी अहिले चरम उत्कर्षमा छ र मृत्यु हुनेहरूको संख्या एक लाख नाघेको छ । धेरै देशहरूमा २५ देखि ५० प्रतिशत घटनाहरू गत हप्तामा बढेका छन् । माइक रायनका अनुसार कोरोनाको शिखर अहिलेसम्म संयुक्त राज्य अमेरिकामा आएको छैन र आउने दिनमा संक्रमित र मर्नेहरूको संख्या बढ्न सक्छ ।’

प्रतिकृया दिनुहोस्