Thursday, November 26

जनावरमाथि गरिएको खोप परीक्षण सफल भएपछि बेलायतमा ३ सय मानिसमा कोरोनाविरूद्धको खोप परीक्षण गर्ने तयारी

June 25, 2020 199

एजेन्सी- बेलायतमा ३ सय मानिसमा कोरोनाविरूद्धको खोप परीक्षण गर्ने तयारी भएको छ । बिबिसीका अनुसार लन्डनको इम्पेरियल कलेजमा ३ सय मानिसमाथि खोपको परीक्षण गर्ने तयारी भएको हो ।हाल विश्वका १ सय २० ठाउँमा कोरोनाविरूद्धको खोप बनाउने प्रयास जारी रहेको छ। यसमध्ये १३ स्थानमा खोप चिकित्सकीय परीक्षणको तहसम्म पुगिसकेको छ।

जसको नेतृत्व प्राध्यापक रोबिन शटोकले गरेका छन् । जनावरमाथि गरिएको खोप परीक्षण सफल भएपछि यसको परिक्षण मानिसमा गर्न लागेको र यो खोपल मानिसको प्रतिरोधी क्षमता बलियो बनाउन सहयोग पुर्‍याउने बताइएको छ।

बिबिसीका अनसार चीनमा पाँच, अमेरिकाका ३ र बेलायतका दुई वटा खोप विकास कार्यक्रम चिकित्सकिय चरणमा पुगेका छन्। अष्ट्रेलिया, रुस र जर्मनीको एक–एक स्थानमा ट्रायल चलिरहेको छ ।

प्रतिकृया दिनुहोस्