Sunday, November 29

“मेरा पति पनि सुशान्तजस्तै मेहेनती थिए तर अन्त्यमा तड्पी तड्पी मरे”

June 25, 2020 350

हृदयघातका कारण निधन भएका बलिउड कलाकार इन्दर कुमारको श्रीमतीले बलिउडको नेपोटिजमको बारेमा मुख खोलेकी छिन् उनले आफ्नो पति पनि नेपोटिजम (नातावाद) को शिकार भएको बताएकी हुन् ।उनले साहरुख खानसँगै हात मिलाउँदै गरेको इन्दरको फोटो राखेर इन्टाग्राममा लामो नोट लेखेको छिन् जुन पढेर फ्यानहरु भाबुक बनेका छन् ।इन्दरको २०१७ सालमा हृदयघातका कारण निधन भएको थियो ।

इन्दरको श्रीमतीले करण जोहर माथी पोखेकाे आक्रोस
उनले लेखेको छिन् , आज मानिसहरु नेपोटिजमको कुरा गरिरहेका छन् । सुशान्त जस्तै मेरो पति पनि तड्पी तड्पी मरेका हुन् । उनी १९९० को चर्चित कलाकार थिए । मलाई अहिले पनि याद छ, उनको निधन अघि उनी राम्रो फिल्म खेलेर आफ्नो पुरानो कृतिमान कायम गर्न चाहन्थे, उनले २ जना चर्चित निर्माता सामु आफ्नो हात फैलाएका थिए ।

र यो पनि पढ्नुहोस् :
बलिउडमा नेपोटिजम “करण जोहरले स्टार किडबाहेक अरुको अनुहार हेर्न मन गर्दैन्न” तर उनलाई कसैले पनि ठूलो काम दिएन्न उनले सधै सानो सानो रोल मात्र निभाए । उनले सुपरहिट फिल्मबाट आफ्नो क्यारियरको सुरुवात गरेका थिए । उनको रहर पुरा होस भन्ने कामना सहित हामी करण जोहरलाई भेट्न गयौं । उनले हामीलाई एकछिनमा नै भेट्छु भन्दै २ घण्टा सम्म कुराए । हामी बाहिर पर्खिबस्यौं । २ घण्टापछि करणको म्यानेजर गरिमा आएर करण सर व्यस्त हुनुहुन्छ भनिन् । तर हामी उनलाई भेट्ने आशले बाहिर नै बसिरह्यौं । करण बाहिर आएर भने, “इन्दर तिमी गरिमासँग कन्ट्याकमा रहनु अहिले तिम्रो लागि केही काम नै छैन ।”

हामीले हरेस खाएनौं र १५ दिन पछि फेरि फोन गर्यौं , करणले फोन उठाएर तिम्रो लागि अहिले केही काम छैन भनेर फोन काटे अनि इन्दरलाई व्लक गरे ।इन्दरको श्रीमतीले सुशान्तलाई दिएको सम्मान
करणले धेरै पटक म स्टारसँग मात्र काम गर्न मन पराउँछु भने, तर मेरो श्रीमान पनि स्टार हुन् । आज पनि उनको धेरै फ्यान छन् । उस्को कामको आज पनि प्रशंशा गर्छन् मानिसहरु । हो मेरो श्रीमानमा एउटा कमी अवश्य थियो उनी स्टार किड थिएन्न न त कुनै धनी विजनेस म्यानको छोरा ।

सुशान्तको निधनपछि मेरो मनमा एउटै कुरा खेलिरहन्छ । नेपोटिजम बन्द गरौं । कलाको सम्मान गरौं । उनको सुशान्तको बारेमा पनि लामो नोट लेखेको छिन् । लाचार भएपछि मान्छे आफ्नो जीबन त्याग्न सक्छ । उनको आत्माले शान्ति पाओस ।

प्रतिकृया दिनुहोस्