Wednesday, January 20

अमेरिकामा नि’धन भएका भनिएका ङिमा तेम्बा शेर्पा जीवितै

April 6, 2020 388

अमेरिका : मिडियाहरुमा एकाएक एउटा समाचार फैलियो कोरोनाबाट अमेरिका ४ नेपालीको मृ’त्य । न्युयोर्क शहरमा बस्दै आएका ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, ङिमा टेम्बा शेर्पा र अजयमान छोचुको नि’धन भएको खबर राष्ट्रिय समाचार समितिले प्रविष्ट गरेको थियो। तर को’रोना (कोभिड-१९) संक्रमणबाट अमेरिकामा नि’धन भएका भनिएका ङिमा तेम्बा शेर्पा जीवितै रहेको उनका परिवारजनले जानकारी दिएका छन्। ज्यान गु’माएका भनिएका ङिमा टेम्बा शेर्पा जीवितै रहेको निजका दाजु ल्हाक्पा युला शेर्पाले जानकारी दिएका छन्।

अस्पतालले नै ङिमा टेम्बाको परिवारलाई बि’रामी काम नलाग्ने अवस्थामा पुगेको जानकारी दिएपछि उनको नाममा परिवारले पूजापाठ लगाएको थियो भने इन्टरनेट सामाजिक सञ्जालहरुमा श्र’द्धाञ्जली समेत दिइएको थियो। तर आज बिहान अस्पतालमा सम्पर्क गर्दा ङिमाको मुटु चलिरहेको जानकारी प्राप्त भएको दाजु ल्हाक्पाले उल्लेख गरेका छन्। अस्पतालले दिने सूचनामा भर पर्नुपर्ने भएकाले ङिमाका सम्बन्धमा उत्पन्न भएको द्वि’विधाप्रति उनका आफन्तजनले क्ष’मा मागेका छन्। ‘सामाजिक सञ्जाल फेसबुकमार्फत भाइको मृ’त्युको खबर साथीभाइ, आफन्त तथा शुभचिन्तकलाई आफैंले दिएका हौं’ ।

निमाका दाजु ल्हाक्पाले भने, ‘हामीले मृ’त आ’त्माको ची’र शान्तिको कामना गर्दै पुजापाठ समेत सुरु गरेका थियौं।’ ल्हाक्पा शेर्पाले अस्पतालले निमालाई ब’चाउन नसकिएको खबर आफूहरुले पाए अनुसार नै हामीले उनको चीर शा’न्तिका लागि सबैलाई खबर गरेका थियौँ, उनले भनेका छन् ।‘हामीले दिएको जानकारी अनुसार नै शुभचिन्तकहरुले श्र’द्धाञ्जलीसमेत लेखेका हुन्, हाम्रै गल्तीले यसो भएकाले यसलाई हामी अन्यथा लिँदैनौं । आफूहरु पनि अस्पतालकै सू’चनाको भर पर्नुपर्ने भएकाले यसबाट हुन गएको दुबिधाप्रति क्ष’मायाचना गरेका छन् ।

उनले भनेका छन्,‘हामी सबैले उहाँको स्वास्थ्य लाभका लागि प्रार्थना गरौं।’ वाणिज्य दूतावास न्यूयोर्कका कार्यबाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले आफूलेसमेत निमाका दाजु र अन्य आफन्तसँग कुराकानी गरेर पक्का भएपछि मात्रै खबर सार्वजनिक गरेको स्वीकारेका छन्। उनले त्यही आधारमा पत्रकारलाई सू’चना दिएको उल्लेख गरेका छन्।

प्रतिकृया दिनुहोस्