Thursday, November 26

हिजो घटेको सुनको मुल्य आज बढेर अहिलेसम्मकै उच्च , हेर्नुहोस मुल्य

June 24, 2020 203

बुधबार सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्य कायम गरेको छ।मंगलबार ९० हजार ६ सयमा कारोबार भएको सुन ५ सयले बढेर आज एतिहासिक रेकर्ड कायम गरेको हो।सोमबार ९१ हजारमा पुगेर उच्च मूल्य कायम गरेको सुनको भाउ मंगलबार ४ सय रुपैयाँ घटेको थियो।

बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ७ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा पनि असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।त्यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। याे अघिल्लाे दिनकाे तुलनमा प्रतिताेला ५ रुपैयाँ महँगाे हाे।

प्रतिकृया दिनुहोस्