Wednesday, January 27

कोरोना भगाउन भन्दै घरघरमा गरियो दीप प्रज्ज्वलन !

April 6, 2020 382

नेपालीलाई हौवाको पछि लाग्ने समाज भनिएको पक्कै हैन रहेछ । केहि हप्ता अघि कोरोना भगाउन हेलिकप्टरबाट औषधी छर्कदै भन्ने अफवाहको पछि दौडिएको समाज आज पूनः अर्को लहैलहैमा देखिएको छ । सामाजिक सञ्जालमा छाएको विषयलाई लिएर गाउँगाउँमा घर अगाडी दीप प्रज्वलन गरिएका छन् ।एकले दीप बाल्दा त्यसैको पछि लागेर हरेकजसो परिवार आफ्नो घर अगाडी दियोमा बत्ति बाल्न आतुर देखिएका छन् ।तर बत्ति बाल्नुको अर्थ भने कोहीकसैलाई थाहा छैन् ।

भक्तपुरको कौशलटारमा दियो बालिरहेकी एक अधबैंशे महिलाले भनिन्, “सबैले बाले अनि मैले नि बालिदिए ।” बाटोमा एकपछि अर्को बत्ति बाल्नेको संख्या बढ्दै गएको छ । देशका विभिन्न ग्रामिण वस्तीहरुमा दियो बालिएको खबरहरु प्राप्त भएका छन् । केहिले रातीको ९ बजे पछि दियो बाल्ने भन्दै पर्खि बसेको समेत पाइएको छ । नेपाल भारत सीमा नजिकै रहेका झापाका केही स्थानहरु दीयो बाल्दै थाल समेत ढटाइरहेको खबर हामिलाई प्राप्त भएको छ ।

सामाजिक सञ्जालमा भनिए अनुसार घरघरमा बत्ति बाल्दा विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाग्छ रे । त्यही हल्लाको पछि लागेर नेपालीहरु यतिबेला आआफ्नो ठाउँ र घरबाट कोरोना भगाउनमा व्यस्त छन् ।वास्तवमा आज बाल्ने बत्तिको प्रशंग भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको सम्बोधन र आग्रहसँग जोडिएको छ ।कोरोनासँग जुधिरहेको भारतमा जारी लक डाउनले आजित बनेका जनताको आत्मबल बढाउदै भाइरस विरुद्धको लडाईमा एकतावद्ध रहेको सन्देश मोदीले उक्त कदम अघि बढाएका हुन् ।

प्रतिकृया दिनुहोस्