Thursday, November 26

जनावरमा पनि मानवता हुन्छ : सुशान्तको कुकुरको पनि मृ*त्यु !

June 23, 2020 223

आइतबार आत्मह-त्या गरेका चर्चित बलिउड कलाकार सुशान्त सिंह राजपुतको निधन भयो ।उनको निधनले बलिउड तथा उनको परिवार शोकमा डुबेको छ ।उनको निधनलाई लिएर मुम्बईमा रहेको ब्रान्द्रा प्रहरीले १५ जनामाथि अनुसन्धान गरिसकेको छ ।उनको निधनले बलिउडमा नेपोटिजमको कुरालाई पुन : उजागर गरेको छ ।

केहीले त्यस्को पक्षमा बहस गरिरहेका छन् भने केहिले विपक्षमा कुरा गरिरहेको छन् ।सामाजिक सञ्जालमा सोनम कपुर, आलिया भट्टको फ्यान, फलोवर्स घट्ने क्रम जारी छ भने कंगना रनावतको फलोवर्स बढिरहेको छन् ।करण जोहरले उनको ट्वीटर अकाउन्टबाट सबैलाई अनफलो गरे भने सोनाक्षी सिंन्हाले अकाउन्ट नै बन्द गर्नु पर्यो ।

केही दिन अघि जब सुशान्तको कुकुर उनको फोटो हेरेर रोयो…. भन्दै समाचार सार्वजनिक भएको थियो ।आज उनको कुकुरको निधन भएको खबर बाहिर आएको छ ।भारतीय मिडियाहरुले उनको कुकुर फज्ड (फूग्गी)क को निधन भएको दाबी गरेका छन् भने केहीले हल्ला मात्र भएको बताएका छन् ।

भारतीय अनलाईन ओटिभीले उनको कुकुरको मृत्यु भएको दाबी नै गरेको छ । तर टाइम्स अफ इन्डियाले उनको मृत्युको हल्ला मात्र भएको बताएको छ । जे भए पनि उनको अवस्था गम्भीर नै देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्